बोहरा मेडिको सेन्टर

सिटिजन्स बैंकको शाखा अब अमरगढीमा

dream cafe
learnar

डडेल्धुरा : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा  जिल्ला सदरमुकाम डडेल्धुरामा शाखा विस्तार गरेको छ।

आज (मंगलबार) अमरगढी नगरपालिका-५ मा बैंकको शाखा विस्तार भएको हो।

CNA

अमरगढीमा शाखा विस्तार भएसँगै बैंकको शाखा १९६ पुगेकाे शाखा प्रवन्धक हेमराज जोशीले जानकारी दिए।

GBL NEW

जोशीकाअनुसार यो सुदूरपश्चिममा १०औं शाखा हो।

सुविधा सम्पन्न यस शाखा मार्फत ग्राहकको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरेट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटिएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.