डडेल्धुरा प्रशासनमा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण कक्ष सञ्चालन

dream cafe
learnar

डडेल्धुरा: जिल्ला प्रशासन कार्यालय डडेल्धुराले ज्येष्ठ नागरिक सेवाग्राहीको निःशुल्क स्वास्थ्य परीक्षण कक्ष स्थापना गरेको छ। जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने ज्येष्ठ नागरिक सेवाग्राहीको स्वास्थ्यलाई मध्यनजर गर्दै सोमबारदेखि उक्त कक्ष स्थापना गरिएको हो।

प्रशासनमा सेवा लिन आएकी ८४ वर्षीया मुना तमोलीको स्वास्थ्य जाँच गरेर सेवा शुभारम्भ गरिएको प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेले जानकारी दिए।

GBL NEW

उनले गृहमन्त्रालयको निर्देशन बमोजिम डडेल्धुरा अस्पतालसँगको समन्वयमा प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउन आउने ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्न थालिएको बताए।

उनका अनुसार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सेवा लिन आउने ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिनेछ।

उनीहरूको ब्लड प्रेसर चेकजाँच तथा परामर्श सेवा प्रदान गरिएको छ। जसका लागि डडेल्धुरा अस्पतालबाट एकजना डाक्टर र एक स्वास्थ्यकर्मी खटाइएको छ।

पहिलो दिन ७ जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको प्रशासन कार्यालयका नायब सुब्बा चन्द्रबहादुर रोकायाले जानकारी दिए।

सामाजिक सुरक्षा भत्ताका लागि २८ जिल्लामा सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेकाले २८ जिल्लामा डडेल्धुरा नपरेपनि यहाँ परिचयपत्र बनाउन आउनेको भीड बढ्न थालेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.