घट्टे प्लाट सिँचाइ योजनाले परिगाउँका कृषक लाभान्वित

dream cafe
learnar

डडेल्धुराः परशुराम नगरपालिका–५ परिगाउँका कृषक रामदत्त भट्टराईले यस वर्ष समयमै धानको ब्याड राख्न पाए।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, डडेल्धुराले घट्टे प्लाट सिँचाइ योजना (नहर) निर्माण गरिदिएपछि उनले समयमै ब्याड राखेर समयमै रोपाईं गर्न पाएका हुन्।

Amargadhi Education

अहिले खेतमा उनले रोपेको धान हुर्किदै छ। नहर नहुँदा खनेर खेत बनाउँदा ढाड दुख्ने समस्या हुने गरेको रामदत्त बताउँछन्। तर, नहर निर्माण भए पश्चात उनी खुसी छन्।

उनी भन्छन्, ‘अहिले योजना आएर पक्कि नरह बनेपछि सहज भएको छ।’

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले पानी बग्ने नाला (नहर) निर्माण गरिदिएपछि यहाँका दुई सय परिवार लाभान्वित भएका छन्।

अजयमेरु फाैजी केरा

नहर निर्माणपछि रंगुन खोलामा रहेको पानी खेतसम्म पुगेको छ। स्थानीय विष्णा भट्टराईका अनुसार नहर नहँदा सबै गाउँले मिलेर कुलो बनाएर खेतमा पानी ल्याउँथे।

तर, आजभोलि नरहबाट खेतमा पानी आएपछि सहज भएको छ। नहरबाटै गाउँमा ५ वटा घट्ट सञ्चालनमा रहेका छन्।

जसकारण गहुँ, जहुँ, मकै पिस्न स्थानीयलाई सहज भएको छ। घट्टे प्लाट सिँचाइ आयोजना निर्माण समितिका अध्यक्ष टेकराज भट्टराई यो आयोजना पुरानो भएको बताउँछन्।

उनले १५ वर्ष पहिले योजना आएको र त्यसपछि थाति रहेको बताउँदै यसपालि बजेट आएकोले समयमै सम्पन्न गर्न सकेको बताए।

उनकाअनुसार पहिलो चरणमा ४९ लाख र दोस्रो चरणमा २५ लाख बजेट आएको जानकारी दिए।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका डिभिजन प्रमुख रामरथ खरेलले २०८०/०८१ मा १०४ योजना मध्ये ७५ वटा योजना सम्पन्न भएको बताए।

‘१०४ योजनाका लागि २८ करोड ३५ लाख बजेट विनियोजन थियो। त्यो मध्ये ७५ योजनामा २० करोड ८१ लाख खर्च भइसकेको छ,’ उनले भने।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.