भुक्तानी नपाएरै निर्माण व्यवसायी भट्टले घाँटी रेटेको भन्दै सुक्ष्म अनुसन्धानको माग

dream cafe
learnar

डडेल्धुरा: डडेल्धुराका निर्माण व्यवसायी डम्बरदत्त भट्टको मृत्यु प्रकरणको सूक्ष्म अनुसन्धान गर्न माग गरिएको छ।

निर्माण व्यवसायी संघ डडेल्धुराले सोमबार जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै भट्टको मृत्यु घटनाको सूक्ष्म अनुसन्धान र अनुगमन गरी दोषी कार्यालयहरू तथा सम्बन्धित व्यक्तिहरूलाई कडा कारबाहीका लागि माग गरेको हो।

Amargadhi Education

निर्माण व्यवसायी संघले प्रशासनमार्फत् उक्त ज्ञापनपत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार, काठमाडौंलाई समेत पठएको छ।

यहीँ असार १५ का दिन संघका कार्यसमिति सदस्य एवं देवभूमि कन्स्ट्रक्सनका सञ्चालक भट्ट घाँटी रेटिएको अवस्थामा जंगलमा घाइते फेला परेका थिए। अमरगढी नगरपालिका–५ का ४५ वर्षीय भट्टको शनिबार दिउँसो धनगढीमा मृत्यु भएको थियो।

उनी सुदूरपश्चिममा झोलुङ्गे  पुल निर्माण गर्ने एक्ला निर्माण व्यवसायी थिए।

उनले निर्माण सम्पन्न गरेका आयोजनाको र निर्माण गरे वाफत पाउनु पर्ने भुक्तानीका लागि स्थानीय पूर्वाधार विकास आयोजना  कार्यालय कैलालीमा पटकपटक निवेदन दिँदा समेत भुक्तानी पाएका थिएनन्।

अजयमेरु फाैजी केरा

उनलाई कार्यालयले बिना कारण झेलाउने गरेको बताइएको छ। पाउनुपर्ने भुक्तानी समेत सम्बन्धित कार्यालयले नदिएपछि आर्थिक समस्यामा परेर भट्टले तनावमा आएर आफ्नै घाँटी रेटेको यहाँका निर्माण व्यवसायीहरूको भनाइ छ।

‘नेपाल सरकारबाट आव्हान हुने बोलपत्रमा भुक्तानीको सुनिश्चतता नभइकन बोलपत्र प्रकाशन गर्ने, कार्य सम्पन्न गर्न सम्बन्धित कार्यालयले दबाब दिने र कार्य सम्पन्न गरिसकेपछि बिल भुक्तानी समयमा नै दिनुको साटो माथिल्लो निकायबाट भुक्तानी नआएको बहानामा आर्थिक वर्षको अन्त्यसम्म अनावश्यक तनाव दिएर निर्माण व्यवसायीलाई त्रसित गराइरहेको कार्यप्रति गम्भीर ध्यानाकार्षण भएको छ,’ निर्माण व्यवसायी संघ डडेल्धुराका अध्यक्ष भवानीदत्त अवस्थीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ।

एकातिर बैंक तथा वित्तीय संस्थाबाट ऋण तथा बैंक जमानतमा काम गर्नुपर्ने अवस्था छ भने अर्कोतिर सम्पन्न भएको कार्यको नियमित भुक्तानी नहुने समस्याका कारण बजारमा चेक बाउन्स हुने, निर्माण व्यवसायी र व्यापारीबीच अविश्वास पैदा भई कारोबारमा समेत कठिनाइ आउने र निमार्ण व्यवसायी प्रताडित र धरासयी बन्ने स्थिति रहँदा निर्माण योजनाहरू समयमै सम्पन्न नहुने तथा विकासमा बाधा उत्पन्न हुने ज्ञापनपत्रमा उल्लेख छ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेले आफूले भट्टको मृत्यु प्रकरणबारे गम्भीर भएर अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइसकेको बताए।

यसका साथै निर्माण व्यवसायी संघको टोलीले डडेल्धुराका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीलाई भेटेर घटनाको सत्यतथ्य छानबिनका लागि माग गरेको छ।

हेर्नुहोस् ज्ञापनपत्र

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.