झोला पाएपछि राउटे समुदायका विद्यार्थी खुसी

dream cafe
learnar

डडेल्धुरा : परशुराम नगरपालिका १२ आमपानी स्थित विपी आधारभुत विद्यालयका ४६ जना छात्रालाई शैक्षिक सामग्री वितरण गरिएको छ।

शुक्रबार एक कार्यक्रमकाबीच सामाजिक विकास कार्यालय डडेल्धुराले उक्त विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो।

Amargadhi Education

अजयमेरु फाैजी केरा

विद्यालयमा अध्ययनरत १९६ जना मध्ये ४६ जना छात्रालाई झोलासहित शैक्षिक सामाग्री वितरण गरिएको सामाजिक विकास कार्यालय डडेल्धुराका प्रमुख कुलराज सोतीले जानकारी दिए।

‘राउटे समुदायका बालबालिका बिशेष संरक्षणको अभावमा रहेका छन्। विद्यालय छोड्नेको संख्या पनि धेरै छ। विद्यार्थी हातमा किताब बोकेर आउने गर्थे’, उनले भने, ‘केही हदसम्म सहयोग होस् भनेर झोला, कापी, कलमलगायतका सामग्री दिएका हौं।’

झोला पाइपछि विद्यार्थीले खुसी व्यक्त गरे।

 

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.