बोहरा मेडिको सेन्टर

घाँटी रेटिएको अवस्थामा जंगलमा भेटिए डम्बर, कारण यस्तो

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरामा एकजना घाँटी रेटिएको अवस्थामा जंगलमा फेला परेका छन्।

आज (शनिबार) डडेल्धुराको अमरगढी नगरपालिका-५ का ४५ वर्षीय डम्मरदेव भट्ट (सन्तोष)  घाँटीमा चक्कुले रेटिएको अवस्थामा फेला परेका हुन्।

CNA

उनी घर नजिकैको जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख (डीएसपी) दीपक कार्कीले बताए। उनका अनुसार घटनास्थलमा चक्कु पनि फेला परेको छ।

GBL NEW

डम्बर हिजो बेलुकादेखि हराएका थिए। हिजो बेलुका ६ बजेदेखि हराएका उनी खोजतलासका क्रममा बिहान फेला परेका हुन्।

उपचारका लागि उनलाई डडेल्धुरा अस्पताल लगिएकोमा धनगढी रेफर गरिएको थियो। धनगढीमा पनि उपचार सम्भव नहुने देखिएपछि काठमाडौं लगिएको छ।

सब ओभरसेयर रहेका उनी निर्माण व्यवसायी समेत हुन्। निर्माण कार्य सम्पन्न गरिसक्दा समेत सम्बन्धित कार्यालयले भुक्तानी नदिएपछि उनी आर्थिक समस्यामा रहेको आफू निकट साथीहरूलाई बताउँदै आएका थिए।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.