बीमा बारे अनविज्ञ छन् डडेल्धुराका कृषक

dream cafe
learnar

डडेल्धुरा: डडेल्धुरामा कृषि बीमाबारे जनचेतना फैलाउन आवश्यक रहेको एक कार्यक्रमका सहभागीले बताएका छन्।

कृषि ज्ञान केन्द्र डडेल्धुराले बुधबार आयोजना गरेको ‘बीमा कम्पनीहरूसँग सरोकारवाला निकायको समन्वय बैठक’ मा बोल्ने अधिकांश वक्तहरूले किसानलाई कृषि बीमाका बारेमा जानकारी नै नरहेको बताएका हुन्।

Amargadhi Education

डडेल्धुरामा हालसम्म ८८ जना किसानले मात्रै कृषि बीमा गरेको कृषि ज्ञान केन्द्र डडेल्धुराका निमित्त प्रमुख खेमराज पनेरूले जानकारी दिए। किसानहरूमा यसबारे जनचेतनाको कमि रहेको उल्लेख गर्दै उनले कृषि बीमाका बारेमा प्रत्येक पालिकामा कार्यक्रम गरेर जानकारी गराइएको बताए।

अजयमेरु फाैजी केरा

उनले बीमा कम्पनीहरूले कृषि बीमा गर्ने अभिकर्ता संख्या वृद्धि गर्नुपर्ने बताए। बीमासम्बन्धी प्रचारप्रसार गर्नुपर्ने जरुरी रहेको पनि कार्यालयका निमित्त प्रमुख पनेरूको भनाइ छ।

डडेल्धुराका अगुवा किसान दत्तराज अवस्थी कृषि बीमा झन्झटिलो भएको बताए। उनले कृषि बीमावाफतको रकम ल्याउन निक दौडधुप गर्नुपर्ने बताए। बीमा दाबी भुक्तानी सहजतापूर्वक पाउनुपर्ने उनको माग छ। पशु बीमा सजिलो भएपनि तरकारी बालीलगायतको बीमा भने निकै झन्झटिलो रहेको उनले अनुभव सुनाए।

किसानमा बीमा गरेपछि क्षतिपूर्ति तत्कालै पाइन्छ भन्ने छ। तर, यसको लामो प्रक्रियाको बारेमा जानकारी छैन। यसो हुँदा डकुमेन्टेसनको प्रक्रिया झन्झटिलो भएको कारण अर्को पटक बीमा गर्न किसानहरू सकारात्मक नभएको कार्यक्रममा सहभागी कृषकहरूको भनाइ थियो।

कार्यक्रममा डडेल्धुराका प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेले कृषि बीमाकाबारेमा सञ्चार माध्यमले प्रचारप्रसारमा जोड दिनुपर्ने बताए। सम्बन्धित निकायहरूले कृषकहरूलाई कृषि बीमाबारे जागरूक गराउन वडावडामा पुगेर बीमासम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.