बोहरा मेडिको सेन्टर

घरमै धारा आएपछि खुसी छन् रज्यौडाका राउटे

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराको परशुराम नगरपालिका– ४ रज्यौडाका राउटेबासी आँगनमै खानेपानीका धारा आइपुग्दा खुसी छन्।

मुहानको पिउने पानी घरकै धारामा आएपछि उनीहरु खुसी भएका हुन्।

CNA

पहिले रज्यौडामा खानेपानीको समस्या भएपनि खानेपानीको योजनासहित घरघरमा धारा बनेपछि समस्या नभएको स्थानीय भुवन राउटे बताउँछन्।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डडेल्धुराको आयोजना र जनश्रमदानमा यहाँका राउटे र गैर राउटेका गरेर एक सय ८० घरधुरीमा खानेपानीका धारा पुर्याइएपछि स्थानीयको पानीको संकट पार लागेको हो।

गत वर्षदेखि घरघरका धारामा पानी आउन थालेको स्थानीय कलावती राउटेले बताइन्।

GBL NEW

उनले भनिन्, ‘पहिला खोला जान्थे, आजभोली पानी आया छ, ठिक भया छ, हामी खुसी भया छौं।’

रज्यौडा खानेपानी तथा सरसफाइ समितिका सचिव रघुबर ठगुन्नाका अनुसार दुई करोड ७९ लाखमा योजना सम्पन्न हुँदै छ।

‘०७८ देखि काम चलेको थियो। चार वटा मुहानको पानी गाउँमाथिको टंकीमा झारिएको छ। यो असारमा आयोजना सम्पन्न हुँदै छ। टंकी निर्माण र पाइप लाइनमा स्थानीयले श्रमदान गरेका थिए,’ उनले भने।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डडेल्धुराको आर्थिक वर्ष २०८०/०८१ मा कुल योजना ९९ रहेको डिभिजनल प्रमुख कृष्णबहादुर बोगटीले जानकारी दिए।

ती मध्ये ९२ योजना सम्झौता भई कार्यान्वयनमा आएको र १५ योजना सम्पन्न भएको उनको भनाइ छ।

‘कुल योजनामा ८० प्रतिशत भन्दा बढी काम भइसकेको छ। असार २० सम्म बाँकी योजना सत प्रतिशत सम्पन्न हुन्छन्,’ उनले भने।

Ddl dental
Leave A Reply

Your email address will not be published.