बोहरा मेडिको सेन्टर

अमरगढी स्तरीय बुद्धिचाल प्रतियोगितामा महेन्द्रका राजेश र निवन्धमा बैजनाथकी दीक्षा प्रथम

dream cafe
learnar

डडेल्धुरा : अमरगढी नगरपालिका स्तरीय बुद्धिचाल प्रतियोगितामा महेन्द्र मावि खलंगाका राजेश पन्त प्रथम भएका छन्।

GBL NEW

आज (शुक्रबार) महेन्द्र मावि खलंगा र अमरगढी नगरपालिका डडेल्धुराको संयुक्त साझेदारीमा भएको प्रतियोगितामा पन्त प्रथम भएका हुन्।

CNA

१० वटा विद्यालय सहभागी प्रतियोगितामा क्याम्ब्रीज पब्लिक स्कुलका युवराज पन्त द्वितीय, ज्ञानोदय विद्या निकेतनका प्रमोद ओझा तृतीय र बैजनाथ माविका निरज जोशीले सान्त्वना स्थान हासिल गरेको महेन्द्र मावि खलंगाका सूचना अधिकारी धर्मराज पन्तले जानकारी दिए।

यसैबीच, निवन्ध तर्फ १३ वटा विद्यालय सहभागी रहेकोमा बैजनाथ माविकी दीक्षा पैतोला प्रथम, महेन्द्र माविकी माया भट्ट द्वितीय, भगवती इङ्गलिस बोर्डिङ स्कुलकी खुशी अवस्थी तृतीय र क्याम्ब्रीज पव्लिक स्कुलकी आरती शाहुले सान्त्वना स्थान हासिल गरे।

Ddl dental
Leave A Reply

Your email address will not be published.