समाजसेवी मल्लद्वारा घटाल माविका विद्यार्थीलाई ट्रयाक सुट वितरण

dream cafe
learnar

डडेल्धुरा : जिल्लाको अमरगढी नगरपालिका-३ नुवाकोटमा रहेको घटाल माविमा अध्ययनरत विद्यार्थीलाई ट्रयाक सुट वितरण गरिएको छ।

विद्यालयमा अध्ययनरत अनाथ, टुहुरा तथा विपन्न विद्यार्थी छनौट गरी युवा समाजसेवी विनय प्रकाश मल्लले ट्रयाक सुट वितरण गरेका हुन्।

Amargadhi Education

आज (शुक्रबार) एक कार्यक्रमका बीच मल्लकी आमाले घटाल माविका १८ जना विद्यार्थीलाई ट्रयाक सुट हस्तान्तरण गरेकी हुन्।

विगतमा पनि विद्यालयमा अध्ययनरत स्काउटका विद्यार्थीलाई मल्लले स्काउट ड्रेस दिएको स्मरण गर्दै विद्यालयका प्रधानाध्यापक गणेशबहादुर साउदले उनी प्रति आभार व्यक्त गरे।

अजयमेरु फाैजी केरा

उनले मल्लकै सहयोगमा ७ जना टुहुरा विद्यार्थीलाई केही दिनमा विद्यालय पोशाक समेत दिइने बताए।

ट्रयाक सुट पाएका विद्यार्थीले खुसी हुँदै मल्ललाई धन्यवाद दिए।

मल्लले अमरगढीका सबै वडाबाट अनाथ, टुहुरा तथा विपन्न विद्यार्थी छनाैट गरेर एक सयभन्दा बढी बालबालिकालाई ट्रयाक सुट तथा पोशाक वितरण गरिसकेका छन्।

अमरगढी नगरपालिका-४ खलंगा घर भएका मल्ल हाल जापानमा रहेका छन्।

जापानमा कमाएको पैसा उनले यहाँकाे सामाजिक क्षेत्रमा खर्च गर्दै आएका छन्।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.