मोटरसाइकल खरिदमा अजयमेरूले गर्‍यो २८ लाख बढी अनियमित

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराको अजयमेरू गाउँपालिकाले मोटरसाइकल खरिदमा अनियमित गरेको पाइएको छ।

पालिकाले विभिन्न समयमा खरिद गरेको मोटरसाइकलमा  अनियमित गरेको पाइएको हो।

Amargadhi Education

सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८५ (१) मा तोकिएको सिमामा मात्रै मालसामान वा परामर्श सेवा वा अन्य सेवा सोझै खरिद गरेको वा निर्माण कार्य सोझै गराउन सक्ने व्यवस्था छ।

अजयमेरु फाैजी केरा

त्यसका अलवा १ (ख) मा एक आर्थिक वर्षमा एकै पटक वा पटक पटक गरी सिमाभन्दा बढी रकमको वा एउटै ब्यक्ति, फर्म, कम्पनी वा संस्थाबाट एक पटक भन्दा बढी सोझै खरिद गर्न सकिने छैन भन्ने व्यवस्था छ।

तर, पालिकाले एउटै प्रकृतिको मोटरसाइकल पटकपटक खरिद गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ।

पालिकाले २०७९ मंसिर २५ गते जगन्नाथ ट्रेड एण्ड सप्लायर्सबाट ९ लाख ९० हजार ७ सयमा तीन थान मोटरसाइकल, सोही सप्लायर्सबाट माघ १० गते ९ लाख ८६ हजार ७ सयका तीन थान मोटरसाइकल, २०८० असार २४ गते जगन्नाथ ट्रेड एण्ड सप्लायर्सबाटै ३ लाख ४५ हजार ९ सय २५ रुपैयामा एक थान मोटरसाइकल र तुलाराम बोहराबाट  ५ लाख ७६ हजार दुई सय ३५ रुपैयाँमा मेसिनरी औंजार खरिद गरेको पाइएको हो।

यसरी करिब २८ लाख ९९ हजार ५ सय ६० रुपैयाँ अनियमित भएको महालेखा परिक्षणले देखाएको छ। महालेखाले कानुनमा भएको व्यवस्था पालना नगरी एउटै प्रकृतिका समान पटक पटक र विभिन्न पार्टीसँग पटकपटक पुँजीगत शीर्षकबाट खरिद गरेको नियमसंगत भन्न नसकिने जनाएको हो।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.