बोहरा मेडिको सेन्टर

पाठेघर खसेका डोटीका १३ महिलाको डडेल्धुरा अस्पतालमा निशुल्क सल्यक्रिया

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरा अस्पताल डडेल्धुरामा पाठेघर खसेका महिलाको निशुल्क सल्यक्रिया गरिएको छ।

आइतबारबाट सञ्चालन भएको तीन दिने शिविरमा डोटीको बोगटान फुड्सिल गाउँपालिकाका १३ महिलाको पाठेघरको निशुल्क सल्यक्रिया गरिएको हो।

CNA

डडेल्धुरा अस्पताल र बोगटान फुड्सिल गाउँपालिकाको आयोजनामा शिविर सञ्चालन भएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष करुणाकर ओझाले जानकारी दिए।

‘बोगटानले पालिकामा पीडित महिलाको उपचारका लागि हामीसँग समन्वय गरेको हो। जसमा १३ जनाले सेवा लिए,’ उनले भने।

GBL NEW

पहिलो दिन चार, दोस्रो दिन चार र आज पाँच गरि १३ महिलाको उपचार गरिएको अस्पतालमा कार्यरत महिला रोग विशेषज्ञ डा. श्रृति शाहीले जानकारी दिइन्।

‘कसैको पाठेघर खसेको पाइएको थियो। कसैको पाठेघर राम्रोसँग नखसेको अगाडि पिसाब थैली र पछाडि मलद्वार खसेको थियो। त्यसलाई सिलाएर माथि सारेर राखेका छाैं,’ उनले भनिन्।

डा. शाहीका अनुसार नरमल डेलीभरि हुने महिलाको पाठेघर  खस्ने समस्या धेरै हुन्छ भने धेरै बच्चा पाएका महिलाको पाठेघर खस्ने समस्या धेरै हुन्छ।

उनले सुत्केरी भएका ग्रामीण भेगका महिला आराम नगरेर भारी समान बोक्दा पाठेघर खस्ने गरेको बताइन्।

बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सेलाले डडेल्धुरा अस्पतालसँग सहकार्य गरेर पालिकामा रहेका पीडित महिलाको निशुल्क सल्यक्रिया गरिएको जानकारी दिए।

उनका अनुसार सिड्स नामक गैर सरकारी संस्थाले यसमा पालिकालाई सहयोग गरेको थियो भने पालिकाले पीडित महिलालाई यातायात र खानेबस्ने व्यवस्था मिलाइदिएको थियो।

Ddl dental
Leave A Reply

Your email address will not be published.