कैलालीको हाटखोलीमा अस्ताए डडेल्धुराका प्रतिक, साथीसँग गएका थिए गर्मी छल्न 

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराका एक युवकको नदीमा डुबेर ज्यान गएको छ।

आज (शुक्रबार) जिल्लाको अमरगढी नगरपालिका–२ कारीगाउँका २५ वर्षीय प्रतिक पन्तको कैलालीको गोदावरी नगरपालिका–८ स्थित हाटखोली भन्ने स्थानमा नदीमा डुबेर ज्यान गएको हो।

GBL NEW

उनी आफ्नो कार बुकिङमा चलाउँदै आएका थिए।

शुक्रबार पनि सवारी लगेर उनी कैलाली गएको र गर्मीका कारण साथीहरूसँग नदीमा नुहाउन गएका थिए।

निकै मिजासिलो व्यवहार भएका उनको मृत्युले साथीभाई तथा आफन्त स्तब्ध भएका छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.