बिचौलियामार्फत योजना पारेको प्रमाण पेस गरे मुख्यमन्त्री सोडारीले कारबाही गर्ने

dream cafe
learnar

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले बिचौलियामार्फत योजना पारेको प्रमाण पेस गरे बिचौलियालाई कारबाही गर्न तयार रहेको बताएका छन्।

प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रदेश सभा सदस्यहरूले उठाएको सवालको जवाफ दिँदै मुख्यमन्त्री सोडारीले यस्तो बताएका हुन्।

GBL NEW

बजेट निर्माणको क्रममा योजना पार्न बिचौलियाहरू सक्रिय भएको भन्दै प्रतिपक्ष दल र सत्तारुढ दल एमालेले टीकाटिप्पणी गरेपछि मुख्यमन्त्री सोडारीले सो कुरा स्पष्ट पारेका हुन्।

मुख्यमन्त्री सोडारीले नीति तथा कार्यक्रममा छुटेका विषयवस्तुलाई आफूले बजेटमा गम्भीरताका साथ समावेश गर्ने प्रतिबद्धता समेत जनाए।

प्रदेश सभामा राजनीतिक घटनाक्रमका कारण अझै पनि खुलेर छलफल गर्ने वातावरण बन्न नसकेको उनले बताए।

Ddl dental
Leave A Reply

Your email address will not be published.