अमरगढी किल्लामा अमरसिंहको नयाँ सालिक अनावरण

dream cafe
learnar

डडेल्धुरा: डडेल्धुरा सदरमुकामस्थित ऐतिहासिक अमरगढी किल्लामा राष्ट्रिय विभूति बडाकाजी अमरसिंह थापाको पूर्णकदको नयाँ सालिक अनावरण गरिएको छ।

सोमबार एक कार्यक्रमका बीच अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशी र नेपाली सेनाको २५ नम्बर बाहिनी कञ्चनपुरका बाहिनीपति सहायकरथी मनोज थापाले संयुक्तरूपमा बडाकाजी थापाको सालिकको अनावरण गरेका हुन्।

Amargadhi Education

थापाको पुरानो सालिक हटाएर सोही ठाउँमा नयाँ सालिक राखिएको हो। यसअघि किल्लामा राखिएको सालिकको अनुहार बडाकाजी थापाको अनुहारसँग मेल नखाने धेरैले गुनासो गरेपछि नयाँ सालिक राखिएको नगरप्रमुख जोशीले बताए।

अजयमेरु फाैजी केरा

उनका अनुसार थापाको गोरखा जिल्लामा रहेको सालिकजस्तै यहाँ पनि राखिएको हो। नगरपालिकाको झण्डै एक वर्षको प्रयासपछि अहिले किल्लामा नयाँ सालिक राख्न सफल भएको उनले बताए ।

सालिक अनावरण कार्यक्रममा नगर प्रमुख जोशीले ऐतिहासिक अमरगढी किल्लाको संरक्षण र प्रवद्र्धनमा प्रदेश र संघीय सरकारबाट सहयोग नमिलेको गुनासो गरे। सिंगो देशकै इतिहास बोकेको अमरगढी किल्लालाई संघ र प्रदेश सरकारले चिन्न नसकेको बताए।

अमरगढी नगरपालिका–५ स्थित खलंगा मा रहेको अमरगढी किल्ला जीवन्त किल्लाका रूपमा रहेको छ। नेपाल एकीकरणका बेला बडाकाजी थापाले डोटेली राज्यको डडेल्धुरालाई आधार क्षेत्र बनाई कुमाउ गडवालसम्म युद्ध लडेको इतिहास छ। रणबहादुर शाहको शासनकाल १८४७ सालमा नेपाल एकीकरण शिलशिलामा डोटेली राज्यको नारीदाङमा युद्ध भएपछि विशाल डोटी राज्य नेपाल अधिराज्यमा गाभिएको इतिहास छ।

युद्धमा गोर्खाली फौजसँग डोटेली फौज पराजित भइसकेपछि यस भूभागको सुशासनलाई सुदृढ र विस्तार गर्न बडाकाजी थापा प्रथम प्रशासकका रूपमा यहाँ आएको बताइन्छ। ढुङ्गे किल्लाको निर्माण अमरसिंह थापा, काजी जगत पाण्डे, कप्तान गोलैया, कप्तान रणवीर खत्री, सुब्बा जोगनारायण मल्ल, सुब्बा फौदसिंह, सुग्विर खत्रीलगायतका सैनिक कमान्डरले १८ औँ शताब्दीमा गरेको बताइन्छ।

०५४ मा अमरगढी किल्लाको नामबाट स्थापना अमरगढी नगरपालिकाले ०५६ सालमा किल्लालाई आफ्नो मातहतमा लिएको थियो।

०५८ सालमा तत्कालीन नेकपा माओवादी युद्धका कारण जिल्लालाई सुरक्षा दिन सो किल्ला पुनः नेपाली सेनाले आफ्नो मातहतमा लिएपछि अवलोकन तथा हिँडडुलमा प्रतिबन्ध लगाइएको थियो। हाल सर्वसाधारणका लागि खुला गरिएको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.