सशस्त्रका डीएसपी कार्कीलाई गृहको सातदिने स्पष्टीकरण, लामो समयदेखि थिए गैरहाजिर

dream cafe
learnar

काठमाडौं : सशस्त्र प्रहरी बल, नेपालका प्राविधिक नायव उपरीक्षक (डिएसपी) डा.नेत्रबहादुर कार्कीलाई सात दिने स्पष्टिकरण सोधिएको छ।

लामो समयदेखि गैरहाजिर उनलाई गृह मन्त्रालयले चित्तबुझ्दो स्पष्टिकरणसहित आगामी सात दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ।

GBL NEW

अन्यथा, सेवाबाट हटाइने चेतावनी दिइएको छ। आज जारी सूचनामा उल्लेख छ, ‘तपाईंलाई सशस्त्र प्रहरी नियामावली, २०७२ को नियम ११३ को उपनियम (१) को खण्ड (ज) ‘बिदा स्वीकृत नगराई लगातार पन्ध्र दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेमा’ अनुसारको कसुरमा ऐ. नियमावलीको नियम ११० को खण्ड (ख) (१) बमोजिम ‘भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने’ विभागीय कारबाही गर्न लागिएको हुँदा तपाईंउपर विभागीय सजाय गर्नु नपर्ने कुनै मनासिब कारण भए बाटोको म्याद बाहेक यो सूचना प्रकाशित भएको मितिले सात दिनभित्र कारणसहित सफाई पेश गर्नुहुन जानकारी गराइन्छ।’

काठमाडौंको बलम्बुस्थित नेपाल एपिएफ अस्पतालमा दरबन्दी रहेका कार्की गत चैत १४ गतेदेखि बिना जानकारी गैरहाजिर रहेको जनाइएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.