बोहरा मेडिको सेन्टर

यू१९ सुदूरपश्चिम छनोट : कैलाशको कप्तानीमा डडेल्धुराको टिम घोषणा

dream cafe
learnar

डडेल्धुरा : यू१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत सुदूरपश्चिम छनोटका लागि डडेल्धुराको टिम घोषणा भएको छ।

कैलाश ऐरको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरिएको हो।

CNA

डडेल्धुरा जिल्ला क्रिकेट संघका अध्यक्ष हरिप्रसाद उप्रेतीका अनुसार टोलीको अन्य खेलाडीमा किरन देउवा (उपकप्तान), कृष्ण भट्ट, किसन सिह विष्ट, राज बिश्वकर्मा, सचिन साउद, निरज ऐर, आयुष्मान शाही ठकुरी, एस कुमार कठायत, सुवेश सिंह रावल, सागर साउद, राजेश ऐर, विकास ऐर र मान साउद रहेका छन्।

यस्तै बैकल्पिक खेलाडीमा सुजल केसी, दान ठगुन्ना, कमल रावल र मनोज बुढाऐर रहेको अध्यक्ष उप्रेतीले जानकारी दिए।

टिम कोचमा निरञ्जन रावल र टिम म्यानेजरमा साजन गौतम रहेका छन्।

यू१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम छनोट जेठ २० गते शुरु हुँद‌ै छ।

GBL NEW

एकदिवसीय फरम्याटमा खेलाइने प्रतियोगितामा क्यान आबद्ध प्रदेशका ८ जिल्लाको सहभागिता रहने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष वासुदेव जोशीले जानकारी दिए।

सार्वजनिक तालिकाअनुसार सहभागी हुने टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ए मा डडेल्धुरा, डोटी, दार्चुला र बैतडी  तथा समूह बी मा कञ्चनपुर, बझाङ, अछाम र कैलाली छन्। समूह एबाट जेठ २० गते उद्घाटन खेलमा डडेल्धुरा र दार्चुला भिड्नेछन्।

जेठ २१ गते दार्चुला र बैतडी,जेठ २२ गते डोटी र बैतडी,जेठ २३ गते डोटी र दार्चुला, जेठ २४ डडेल्धुरा र बैतडी तथा जेठ २५ गते डडेल्धुरा र डोटीले प्रतिस्पर्धा गर्नेछन्।

यस्तै समूह बीबाट  जेठ २६ गते अछाम र बझाङ, जेठ २७ गते अछाम कैलाली,जेठ २८ गते कञ्चनपुर र बझाङ, जेठ २९ गते अछाम  र कञ्चनपुर, जेठ ३० गते बझाङ र कैलाली तथा जेठ ३१ गते कञ्चनपुर र कैलालीबीच खेल हुनेछ।

शीर्ष स्थानमा पुग्ने टोलीबीच फाइनल भिडन्त असार १ गते हुने प्रादेशिक क्रिकेट संघले जनाएको छ।

प्रदेशस्तरीय छनोटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट राष्ट्रिय प्रतियोगिता खेल्ने टोली घोषणा गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका प्रमुख छनोटकर्ता दीपेन्द्र भण्डारीले बताए।

खेल डडेल्धुराको परशुराम नगरपालिका-१२ स्थित  जोगबुढा रंग मैदानमा सञ्चालन हुनेछ।

Ddl dental
Leave A Reply

Your email address will not be published.