बोहरा मेडिको सेन्टर

डिके र राजेन्द्रको  ‘मुलाकात’, गोरस शुद्धतामा प्रतिबद्धता 

dream cafe
learnar

डडेल्धुरा :  डडेल्धुराका  दुई व्यवसायी  डम्बर साउँद  ‘डिके’ र राजेन्द्र पनेरू चर्चित डेरी व्यवसायी हुन्।

डडेल्धुरा विद्युत् रोडमा साउदको हिमाल रेस्टुरेन्ट एण्ड डेरी सेन्टर र बागबजारमा पनेरूकाे गतिमान स्विट एण्ड डेरी उद्योग सञ्चालनमा छ।

CNA

यी दुईको डेरी अहिले जो कोहीको मानसपटलमा छ। डेरी व्यवसायीबाट यी दुई मनग्ये आमदानी गरिरहेका छन्।

अनेरास्ववियुको राजनीतिबाट उदायका साउद तत्कालीन डडेल्धुरा शिक्षा क्याम्पसका स्ववियु सभापति समेत बनेका थिए।

तर, हाल उनी डेरी व्यवसायीमा लागेका छन्। उनले दैनिक सय लिटर दुध खपत गर्दै आएका छन्। त्यसका अलावा दही र पनिर समेत उनले खपत गर्दै आएका छन्।

GBL NEW

डेरी व्यवसायीलाई स्थानीय सरकारले ध्यान नदिएको गुनासो गर्छन्, उनी।

‘डडेलधुरामा दुग्धशाला नहुँदा किसानबाट बोतलको दूध संकलन गर्नुपर्दा ग्राहकलाई एकनासको दुधदही दिन सकिएको छैन्’, उनले भने।

पनेरू डेरी व्यवसायमा लाग्नु पूर्व मदिरा व्यवसायी थिए। उनले दैनिक दुई सय लिटर दूध खपत गर्दै आएका छन्।

उनी गाउँबाट गुणस्तरीय दूध नआउँदा बिक्री गर्न समस्या हुने बताउँछन्।

जिल्लामा प्रयाप्त दूध उत्पादन नहुँदा धनगढीबाट डीडीसीको दूध ल्याएर बिक्री गर्नु परेको उनको भनाइ छ।

उनले गुणस्तरीय र निरन्तर दुध दिने व्यक्तिको भैंसीको बिमा समेत गरिदिने घोषणा गरेका छन्।

आज (शुक्रबार) साउद र पनेरूबीच मुलाकात भएको छ। मुलाकातमा यी दुईले  ग्राहकलाई शुद्ध दूध खुवाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

गोरस जस्तो पवित्र खानेकुरामा ध्यान दिनुपर्ने बताउँदै दुबै जनाले ग्राहकको सन्तुष्टिका लागि शुद्ध दुधदही दिने प्रतिबद्धता गरेको सिमाना न्यूजलाई बताए।

Ddl dental
Leave A Reply

Your email address will not be published.