बोहरा मेडिको सेन्टर

डोटी घटालमा हिजोदेखि बिजुली गायब, गएन विद्युत् प्राधिकरणको ध्यान

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिका-२ र ३ मा हिजो दिउँसोदेखि बिजुली गायब भएको छ।

हिजो (बिहीबार) दिउँसोबाट गएको बिजुली नआउँदा स्थानीय समस्यामा छन्।

CNA
GBL NEW

वडा नम्बर २ को पटाैटी, वडानम्बर ३ को साउँदगाउँ, लरडा, कोटेउडालगाएतका बस्तीमा बिजुली गायब भएको स्थानीय बताउँछन्।

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेल्धुरामा जानकारी दिँदा समेत बिजुलीको मर्मत गर्न कोही नआएको स्थानीयको गुनासो छ।

यता प्राधिकरणले भने तार टुटेको जानकारी दिएको छ। अन्य ठाउँमा पनि लाइन मर्मत गर्नु पर्दा ढिलो भएकोले प्राविधिकको टोली जान नसकेको जनाएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.