डडेल्धुराका डम्बर चरेससहित पक्राउ, लुकाएर राखेका थिए घरमा

dream cafe
learnar

डडेल्धुरा: डडेल्धुरामा लागुऔषध चरेससहित एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा अजयमेरु गाउँपालिका–२ चमडाका ५५ वर्षीय डम्बरसिंह बोहरा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

GBL NEW

मंगलबार बेलुकी ५ः५० बजेको समयमा गोप्य सूचनाको आधारमा प्रहरी टोली खटि गई बोहराको घरको माथिल्लो कोठाबाट १ किलो २०० ग्राम चरेसजस्तो देखिने कालो पदार्थ बरामद गरिएको हो।

पक्राउ परेका बोहरालाई जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा ल्याई थप अनुसन्धान भइरहेको जनाइएको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.