डडेल्धुरा : सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन्।
उनले पक्षमा २८ मत पाए। विपक्षमा शून्य मत पर्यो।
कांग्रेस र नाउपा रेशम पक्षका सांसदहरू भने विश्वासको मतका लागि भएको मतदान प्रक्रियामा सहभागी नभई बहिष्कार गरेर हिँडेका थिए।
नेकपा एसका सोडारीलाई एमाले, माओवादी, नाउपा रन्जिता पक्ष र स्वतन्त्र सांसदले विश्वासको मत दिए।