डोटीमा नक्कली डाक्टर पक्राउ, गरेका थिए वडा कार्यालयमा स्वास्थ्य शिविर

dream cafe
learnar

डोटी : डोटी प्रहरीले नक्कली डाक्टरलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नक्कली डाक्टर दार्चुलाको महाकाली नगरपालिका–४ दाका ४४ वर्षीय भूपेन्द्र बहादुर क्षेत्री र उनका सहयोगी कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का ४६ वर्षीय पुष्कर गुनीयाल रहेका छन्।

GBL NEW

उनीहरूलाई डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको सूचनाका आधारमा मंगलबार दिपायल सिलगढी नगरपालिका–५ बाट नियन्त्रणमा लिएको थियो।

उनीहरूको कागजपत्र हेर्दा शङ्का लागेपछि नेपाल मेडिकल काउन्सिल काठमाडौँ पठाउँदा डाक्टर भनिएका भूपेन्द्र बहादुर क्षेत्रीको प्रमाणपत्र दर्ता नभएको पाइएपछि बुधवार दुवै जनाविरुद्ध इलाज सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको डोटीका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए।

डीएसपी भट्टराईका अनुसार दुवै जनाविरुद्ध मुद्दा दर्ता भई जिल्ला अदालत डोटीबाट पाँच दिनको म्याद थप भई अनुसन्धान जारी छ।

डाक्टर भूपेन्द्र नाम बताउने क्षेत्री र गुनीयालको सहयोगमा दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ को कार्यालयले शिविरको आयोजना गरेको थियो।

शिविर वैशाख २७ गतेदेखि ३० गतेसम्म ४ दिन सञ्चालन भएको थियो। शिविरमा दुई सय ३० जना बिरामीले स्वास्थ्य परीक्षण गराएका थिए।

Ddl dental
Leave A Reply

Your email address will not be published.