अपाङ्गता भएका महिलालाई बाख्रा पालन तालिम दिँदै सामाजिक विकास कार्यालय डडेल्धुरा

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरामा अपाङ्गता भएका महिलालाई बाख्रा पालन तालिम दिइँदै छ।

आज (बुधबार) देखि सामाजिक विकास कार्यालय डडेल्धुराले अपाङ्गता भएका महिलाहरूका लागि आय आर्जन तथा रोजगार सम्बन्धि सातदिने बाख्रा पालन तालिम सुरु गरेको हो।

Amargadhi Education

तालिममा जिलाका सात वटै स्थानीय तहका करिव २५ जना अपाङ्गता भएका महिलाहरूको सहभागीता रहेको सामाजिक विकास कार्यालय डडेल्धुराका कार्यालय प्रमुख कुलराज सोतीले जानकारी दिए।

उनका अनुसार सातदिने तालिममा दुई दिन नेतृत्व विकास र पाँच दिन आय आर्जन तालिम दिइनेछ। तालिम पश्चात् प्रति व्यक्तिलाई २० हजार अनुदान दिइने उनको भनाइ छ।

अजयमेरु फाैजी केरा

उनले अनुदानको सदुपयोग भएको छ वा छैन भनेर अनुगमन गर्ने र दुरुपयोग गरिएको पाइए कारबाही समेत गरिने जिकिर गरे।

सामाजिक विकास मन्त्रालयका सचिव चक्र पाणी पाण्डेले शिक्षा, स्वास्थ, महिला बालबालिका र अपाङ्गता भएका व्यक्ति  तथा ज्येष्ठ नागरिकको लागि मन्त्रालयले प्राथमिकता दिएर काम गरिरहेको बताए।

उनले सुदूरपश्चिम प्रदेशका सांसद डा ताराप्रसाद जोशीलाई सरकारले ल्याउने नीति तथा कार्यक्रममा समेत यी कुरालाई उठाइ दिन अनुरोध गरे।

कतिपय ठाउँमा अनुदान दिएको बाख्राको अनुगमन गर्न जाँदा एकै बाख्रा डुलाइरहेको अवस्था समेत देखिने बताउँदै अनुदानको सदुपयोग गर्न आग्रह गरे।

सीप सके पश्चात् जीवन जिउन सहज हुने सुदूरपश्चिम प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशीको भनाइ छ।

बाख्रा पालन तालिम राम्रो अवसर भएको बताउँदै उनले व्यक्तित्व, स्वाभिमान र सक्षम नागरिक बनाउन सहज हुने बताए।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.