डडेल्धुरामा द्विजगंगा मेमोरियल टी–२० प्रतियोगिता सुरु, सांसद जोशीले गरे उद्घाटन

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरामा दोस्रो संस्करणको जिल्लास्तरीय द्विजगंगा मेमोरियल पुरुष टी–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ।

आज (बुधबार) देखि डडेल्धुरा जिल्ला क्रिकेट संघको आयोजनामा दोस्रो संस्करणको जिल्लास्तरीय द्विजगंगा मेमोरियल टी–२० प्रतियोगिता सुरु भएको हो।

GBL NEW

प्रतियोगिताको एक कार्यक्रमकाबीच सुदूरपश्चिम प्रदेशका स्वतन्त्र सांसद डा ताराप्रसाद जोशीले उद्घाटन गरेका हुन्।

८ गतेसम्म चल्ने प्रतियोगितामा १२ वटा टिमको सहभागीता रहेको जिल्ला क्रिकेटसंघका अध्यक्ष हरिप्रसाद उप्रेतीले जानकारी दिए।

उनका अनुसार प्रतियोगिताको विजेता टिमले ७५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेताले ५० हजारका साथै ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ।

गतवर्ष विजेता टिमले ५१ हजार १ सय ५१ र उपविजेताले २५ हजार ५ सय ५१ रुयैयाँ पुरस्कार पाएका थिए।

खेलको ‘म्यान अफ द म्याच’लाई एक हजार र ‘म्यान अफ द सिरिज’लाई पाँच हजार प्रदान गरिनेछ।

प्रतियोगिताबाट यू–१९ लागि टिम छनोट गरिने आयोजकले जनाएको छ। प्रतियोगिताका खेलहरू अमरगढी नगरपालिका–३ रामलिला खेल मैदानमा खेलाइँदै छन्।

प्रतियोगिताको पहिलो संस्करणको उपाधि परशुराम नगरपालिकाले जितेको थियो।

फाइनलमा आलिताल गाउँपालिकालाई ७ विकेटले हराउँदै परशुरामले उपाधि उचालेको थियो।

Ddl dental
Leave A Reply

Your email address will not be published.