बोहरा मेडिको सेन्टर

डडेल्धुरा मालपोतका विवादित हाकिम भट्ट, जसलाई काम गराउन ‘रिसवत’ दिनुपर्छ

dream cafe
learnar

डडेल्धुरा : मालपोत कार्यालय डडेल्धुराकाे कार्यालय प्रमुखको जिम्मेवारीमा छन्, कमलापति भट्ट।

बैतडीको पाटन नगरपालिका घर भएका भट्ट बेलाबेला चर्चामा आइरहन्छन्। उनी राम्रो कार्य गरेरभन्दा पनि गलत कार्यको कारण चर्चामा आइरहन्छन्।

CNA

नेपाल राष्ट्रिय कर्मचारी संगठनको जिल्ला अध्यक्ष हुँदै नेकपा एमालेसँग निटक रहेर उनले हालसम्म पञ्चेश्वर गाउँपालिका र सुर्नया गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको काम गरिसकेका छन्।

पञ्चेश्वर गाउँपालिका अध्यक्ष एवं एमाले नेता गोरखबहादुर चन्दले यिनलाई पञ्चेश्वरबाट धपाएका थिए। त्यसपछि सुर्नया गाउँपालिकाको हाकिम हुने अवसर पाएका उनी त्यहाँ पनि विवादबाट अछुतो रहन सकेनन्।

GBL NEW

त्यसपछि मालपोत कार्यालय बैतडीको हाकिम रहेका भट्ट हाल डडेल्धुरा मालपोतको हाकिम छन्। उनी यहाँ पनि विवादमा तानिएका छन्।

भट्टले मालपोत डडेल्धुराको जिम्मेवारी पाएपछि सेवाग्राहीले निकै समस्या झेल्नु परेको छ। स्रोतका अनुसार उनलाई घुस/रिसवत नदिए काम नै गर्दैनन्।

भट्टले खुल्मखुल्ला पैसा  माग्ने र नदिए अनेक बहानाबाजी गरेर काममा आलटाल गर्ने, काम अल्झाउनुका साथै ढिलासुस्ती गर्ने जस्ता प्रवृत्तिले सेवाग्राहीले समस्या खेप्नुपरेको छ।

स्रोतका अनुसार उनले पैसा उठाउने एजेन्ट नै खटाएका छन्। उनी मालपोतमा हाकिम बनेर आएपछि कर्मचारी पनि उनीप्रति असन्तुष्ट छन्।

यता हाकिम भट्टले भने आफूमाथि लगाएको आरोप गलत भएको बताए।

उनले भने, ‘त्यो एकदम गलत हो, हामीले राम्रोसँग काम गरिरहेका छाैं, भयंकर। त्यो गलत गुनासो आएको होला कतैबाट।’

Ddl dental
Leave A Reply

Your email address will not be published.