डडेल्धुराका फार्मेसीमा औषधीको अनुचित कारोबार, दुई जना पक्राउ

dream cafe
learnar

डडेल्धुरा: डडेल्धुराका मेडिकल तथा फार्मेसीबाट औषधीको  अनुचित कारोबार हुने गरेको  छ।

व्यवसायलाई बदमान गर्न लागिपरेका केही मेडिकल तथा फार्मेसी सञ्चालकहरूले औषधीको अनुचित प्रयोग गरि लागूऔषध दुव्र्येसनीहरूलाई बेच्ने गरेकाे पाइएको हो।

Amargadhi Education

पछिल्लो समय जनगुनासो र प्राप्त सूचनाको आधारमा औषधीको चरम दुरूपयोग हुने गरेपछि प्रहरीले निगरानी बढाएको छ।

यसैबीच, प्रहरीले आज (आइतबार) दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अमरगढी नगरपालिका-५ बागबजारमा रहेको जोशी मेडिकल र तुफानडाँडामा रहेको नोभा फार्मेसीमा कार्यरत दुई जना छन्।

अजयमेरु फाैजी केरा

तर, प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन्।चिकित्सकको प्रेसक्रिप्सन बिना औषधी बेच्न नपाइने भएपनि उनीहरूले औषधि बेचिरहेका थिए।

प्रहरी स्रोतका अनुसार उनीहरू प्रतिबन्धित औषधी बिक्रीवितरण गरिरहेको अवस्थामा पक्राउ परेका हुन्।

औषधि ऐन २०३५ को दफा १७ को उपदफा (१),(२),(३) र (४) मा स्पष्टरूपमा औषधि बिक्री गर्न फर्मासिष्ट, फार्मेसी सहायक वा औषधी व्यवसायीको रोहवरमा अप्राविधिकले बेच्न पाउँछ।

अन्यथा प्राविधिकहरूले नै बेच्ने उल्लेख गरिएको छ। तर, उनीहरू फार्मेसी नपढेरै औषधी बेचिरहेकाे बुझिएको छ।

यश बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.