बोहरा मेडिको सेन्टर

डडेल्धुरामा टिप्पर दुर्घटना हुँदा २ जनाको मृत्यु

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरामा टिप्पर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्।

जिल्लाको नवदुर्गा गाउँपालिका–४ सुरुडामा बागमती प्रदेश ०१–००१ क ९६५१ नम्बरको टिप्पर दुर्घटनामा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

CNA
GBL NEW

दुर्घटनामा चालक धादिङको गजुरी गाउँपालिका–७ं का ४० वर्षीय धिरज थापामगर र रोडाङ गाउँपालिकाका २७ वर्षीय विष्णु विकको मृत्यु भएको हो।

धादिङको रोडाङ गाउँपालिकाका ३१ वर्षीय सुदिप विक र डडेल्धुराको नवदुर्गा गाउँपालिका–४ का २८ वर्षीय हिक्मत विक घाइते भएका छन्।

उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

बेलापुरबाट सिरुडा रामजाने कन्ट्रक्सनको क्याम्प जाँदै गरेको टिपर शनिवार राति करिब साढे १० बजे दुर्घटनामा परेको हो।

Ddl dental
Leave A Reply

Your email address will not be published.