बोहरा मेडिको सेन्टर

मुख्यमन्त्री सोडारीलाई विश्वासको मत नदिन रेशम पक्षधरको हि्वप

dream cafe
learnar

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत नदिन रेशम पक्षधरको नागरिक उन्मुक्ति पार्टी समूहले निर्देशन जारी गरेको छ।

नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक खुशीराम डगौराले शुक्रबार सोडारीलाई विश्वासको मत नदिन नाउपाका सांसदहरूलाई निर्देशन दिएका हुन्।

CNA
GBL NEW

नाउपामा रेशम र रञ्जिता पक्ष समूहमा सांसदहरू विभाजित छन्। रेशम पक्षका ५ र रञ्जिता समूहमा २ सांसद छन्।

मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने कार्यक्रम रहेको छ। तर सत्ता साझेदार दलबिच नै विश्वासको मतबारे एकरूपता छैन।

सुदूरपश्चिममा नागरिक उन्मुक्तिबाट भौतिक पूर्वाधार विकास मन्त्रीमा कैलाश चौधरी र टीका थापा कृषिमन्त्री रहेका छन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.