डम्बरी हत्या प्रकरण : माइती पक्षले दिए कैलाली प्रहरीमा जाहेरी

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिका-२ मटेलाकी ३८ वर्षीय डम्बरीदेवी देउवाको हत्या प्रकरणमा मृतकका माइतीले  प्रहरीमा जाहेरी दिएका छन्।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता तथा प्रहरी निरीक्षक कुसुम नायकका अनुसार डम्बरीका माइती पक्षले कैलाली प्रहरीमा जाहेरी दिएका हुन्।

Amargadhi Education

उनले कैलाली प्रहरीमा किटानी परेको र कैलाली  प्रहरीले डडेल्धुरा प्रहरीलाई फर्वाड गरेको  जानकारी दिए।

अजयमेरु फाैजी केरा

बैशाख १८ गते  साँझ डम्बरीका ४२ वर्षीय श्रीमान कर्णबहादुर देउवाले घरायसी विवाद हुँदा उनीमाथि बन्चरो प्रहार गरेका थिए।

बन्चरो प्रहारबाट घाइते भएकी उनलाई स्थानीयले गांखेत स्वास्थ्य चाैकीमा लगेका थिए।

तर, त्यहाँ उपचार सम्भव नभएपछि धनगढीस्थित माया मेट्रो अस्पतालमा लगिएको थियो।

तर, (हिजो) बैशाख १९ गते उनको उपचारका क्रममा निधन भएको थियो।

डम्बरीको सेती प्रादेशिक अस्पतालमा पोष्टमार्टम गरिएपछि माइती पक्षले उनको शव बुझेका छन्। हत्याका आरोपी कर्णबहादुरलाई प्रहरीले पक्राउ गरिसकेको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.