सन्दीपको ब्याक टु ब्याक स्टाटस : आफूमाथि षड्यन्त्र गर्नेको नाम सार्वजनिक गर्ने धम्की

dream cafe
learnar

काठमाडौं : नेपाली  क्रिकेट टाेलीका  पूर्वकप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले ब्याक टु ब्याक स्टाटस लेखेका छन्।

उनले मध्यरातमा स्टाटसबाटै आफनो पीडा पोखेका छन्।  नेपाल क्रिकेट संघ (क्यान)ले दोस्रो पटक खेल्न लागेको टी–२० विश्वकपका लागि १५ सदस्यीय स्क्वाड घोषणा गरे लगतै ब्याक टु ब्याट स्टाटस लेखेका हुन्।

GBL NEW

उनले  टाेली घाेषणाा भएपछि दुई वटा स्टाटस लेखेका थिए भने अन्तिम स्टाटस राति १२ बजे सामाजिक सञ्जाल एक्समा पोस्ट गरेका थिए। लामो समयपछि पहिलो पोस्टमा इमोजी मात्र पोस्ट गरे।

दोस्रो स्टाटसमा आफू षड्यन्त्रको शिकार भएको बताएका छन्। ‘मैले लामो समय पोस्ट गर्नबाट आफूलाई टाढा राखें। म षड्यन्त्रको शिकार भएकोमा मलाई कुनै शंका छैन। यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने सबैलाई भगवानले आशीर्वाद दिउन्। म सबै कुरा भगवानमा छोड्छु। सत्यतथ्य बाहिर नआएसम्म समयले बताउनेछ’, उनले लेखेका छन्।

तेस्रो स्टाटसमा भने यस षड्यन्त्रको भूमिका खेल्नेको नाम छिट्टै सार्वजनिक गर्ने उल्लेख गरेका छन्।

उनले लेखेका छन्,‘म सम्बन्धित अदालतको कानून र आदेशको सम्मान गर्दछु तर म यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने प्रत्येक व्यक्तिको नाम छिट्टै सार्वजनिक गर्ने सबैलाई प्रतिज्ञा गर्दछु जो यस मुद्दामा संलग्न छन्।’

सन्दीप बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका छन्। जिल्लाको फैसलामाथि उनले गरेको पुनरावेदन उच्च अदालतमा विचाराधीन छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.