सँगै बाच्ने सँगै मर्ने  कसम खाएकी थिइन् डम्बरीले तर श्रीमानले मारिदिए

dream cafe
learnar

डडेल्धुरा: डडेल्धुरामा श्रीमानको बन्चरो प्रहारबाट गम्भीर घाइते भएकी महिलाको मृत्यु भएको छ।

मंगलबार (हिजो) जिल्लाको आलिताल गाउँपालिका–२ मटेला ४२ वर्षीय कर्णबहादुर देउवाले ३८ वर्षीया श्रीमती डम्मरीदेवी देउवालाई बन्चरो प्रहारबाट गम्भीर घाइते बनाएका थिए।

GBL NEW

धनगढीस्थि मायामेट्रो अस्पतालमा उनको उपचारका क्रममा निधन भएको वडाध्यक्ष प्रमोदबहादुर मल्लले पुष्टि गरे। उनका अनुसार अस्पतालले उनलाई बुधबार बिहान ११ बजे मृत घोषणा गरेको हो।

अहिले उनको शब पोस्टमार्टमका लागि सेति प्रादेशिक अस्पतालमा राखिएको अध्यक्ष मल्लले बताए।

मृतक डम्मरीका श्रीमानलाई मंगलबार नै नियन्त्रण लिइसकेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

अग्नि साक्षी राखेर सात फेरा लगाएर सँगै मर्ने बाँच्ने कसम खाएकी डम्बरीको कर्णबहादुरले हत्या गरेपछि मटेला गाउँ शोकमा डुबेको छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.