इलाममा डाकप्रसादले अझै खाता खोलेनन्

dream cafe
learnar

इलाम: प्रतिनिधि सभा अन्तरगत इलाम–२ मा भएको उपनिर्वाचनमा मतगणना जारी रहेको छ। हालसम्म २१ हजार ८१० मत गनिसकेको छ।

अहिलेसम्म एक जना उम्मेदवारले एक मत पनि ल्याउन सकेका छैनन्। स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमको शून्य मत छ।

Ird
HARDIK AGRo NEw

यता एमाले उम्मेदवार सुहाङ नेम्वाङले २ हजार ६१८ को मतान्तर बनाएका छन्।

सुहाङले ८ हजार ८९८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी डम्बरबहादुर खड्काले ६ हजार २८० मत ल्याएका छन्।

त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ४ हजार ६३४ मत ल्याउँदा रास्वपा उम्मेदवार मिलन लिम्बु १ हजार ३०५ मत सहित चौथो स्थानमा सीमित छन्।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.