खप्तड चिनाउन साइकल यात्रा, डडेल्धुराबाट सुरु हुने

dream cafe
learnar

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशको धार्मिक तथा ऐतिहासिक पर्यटकीय गन्तव्यका रूपमा परिचित खप्तडमा साइकल यात्रा गरिने भएको छ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ कार्यालय धनगढीका अनुसार खप्तड क्षेत्रको पर्यटन प्रवर्द्धन तथा प्रचारप्रसारका लागि साइकल यात्रा गरिने भएको हो।

GBL NEW

यही वैशाख २१ देखि २८ गतेसम्म साइकलयात्रा गर्ने गरी तयारी भएको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयका योजना अधिकृत दानबहादुर थापाले जानकारी दिए।

उनका अनुसार खप्तड क्षेत्रमा साइकल यात्राका लागि आवश्यक तयारी पूरा भएको छ।

खप्तडको पर्यटन प्रवर्द्धन तथा प्रचारप्रसार गर्न साइकल यात्राका लागि चालु आर्थिक वर्ष २०८०/८१ मा रु १० लाख बजेट विनियोजन गरिएको योजना अधिकृत थापाले बताए।

सो साइकल यात्रा डडेल्धुराबाट खप्तडको त्रिवेणी धामसम्म गरिने प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयले जनाएको छ।

साइकल यात्राका लागि परामर्शदातासँग छलफलसमेत गरी तयारी अघि बढेको  थापाको भनाइ छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.