रोजगार मेला गर्दै अमरगढी नगरपालिका

dream cafe
learnar

डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिकामा रोजगार मेला हुने भएको छ।

रोजगार सेवा केन्द्र अमरगढी नगरपालिकाको आयोजनामा यही वैशाख २२ गते रोजगार मेला हुने भएको हो।

GBL NEW

श्रम बजारमा रोगजारीको पहिचानका लागि मेला आयोजना गरिएको नगरपालिकाका रोजगार संयोजक लक्ष्मीप्रसाद अवस्थीले जानकारी दिए।

उनका अनुसार रोजगार सेवा केन्द्र डडेल्धुराको प्राविधिक सहयोगमा महेन्द्र मावि खलंगामा मेला आयोजना हुनेछ। मेलामा विभिन्न स्टलहरू रहने पनि संयोजक अवस्थीले बताए।

कामको खोजीमा रहेका र सीप भएर पनि काम नपाएका युवाहरूलाई लक्षित गरी रोजगार मेला आयोजना गरिएको उनको भनाइ छ।

रोजगार सेवा केन्द्र अमरगढीले आइतबार विभिन्न व्यवसायीहरूसँग छलफल गरेको छ।

रोजगारदाताले यही २१ गते सम्मा आफूलाई आवश्यक पर्ने कामदारको पद र संख्या तोकि छनोट प्रक्रियाका लागि आफ्नो नाम दर्ता गरिसक्नु पर्नेछ भने बेरोजगारले आफ्नो योग्यता र क्षमताअनुसारको रोजगारी खोजी गर्नुपर्नेछ।

Ddl dental
Leave A Reply

Your email address will not be published.