डडेल्धुराको यस्तो विद्यालय, जहाँ भर्ना हुन प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्छ

dream cafe
learnar

डडेल्धुरा: सामुदायिक विद्यालय भन्ने बित्तिकै नाक खुम्च्याउने गरिन्छ।

सामुदायिक विद्यालयको तुलनामा नीजि विद्यालयका विद्यार्थी पढाइमा अब्बल हुन्छन् भन्ने मान्यता नेपाली समाजमा स्थापित हुँदै गर्दा सामुदायिक विद्यालय प्रति वितृष्णा देखिंदै गएको छ।

Amargadhi Education

तर, जिल्ला सदरमुकाम अमरगढी नगरपालिका–५ खलंगामा रहेको महेन्द्र माध्यमिक विद्यालयमा भने अवस्था ठीक उल्टो छ।

महेन्द्र माविमा भर्ना हुन चाहने विद्यार्थीले प्रवेश परिक्षामा उत्कृष्ट अंक ल्याउनु पर्ने हुन्छ।

विद्यार्थीको चाप बढेपछि महेन्द्र माविले नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा लिएको हो।

विद्यालयमा शैक्षिक गुणस्तर वृद्धिसँगै विद्यार्थीको अत्यधिक चापका कारण नयाँ भर्ना हुन आउने विद्यार्थीले प्रवेश परीक्षा उत्तीर्ण गरेपछि मात्रै भर्ना हुन पाउँछन्।

विद्यालयले आज (शनिबार) कक्षा २–९ र प्राविधिकधारमा नयाँ विद्याथी भर्ना गर्न प्रवेश परीक्षा लिएको हो।

अजयमेरु फाैजी केरा

विद्यालयको क्षमताभन्दा धेरै विद्यार्थीले भर्ना हुन आवेदन दिएपछि प्रवेश परीक्षा मार्फत विद्यार्थी छनोट गरिएको हो।

विद्यालयको सिमित भौतिक पूर्वाधार र जनशक्तिका कारण भर्नाका लागि आएका सबै विद्यार्थीलाई भर्ना लिन नसक्ने अवस्था सिर्जना भएपछि प्रवेश परीक्षा लिइएको विद्यालयले जनाएको छ।

प्रवेश परीक्षामा कूल २९८ जना सहभागी भएका छन्। साधारण धारतर्फ नयाँ भर्ना कक्षा (२–९) का लागि प्रवेश परीक्षा २३५ जना विद्यार्थी सहभागी भएको प्रधानाध्यापक सुरेन्द्र ऐरले जानकारी दिए।

उनका अनुसार साधारण धारतर्फ नयाँ भर्ना १७५ सिटका लागि प्रवेश परीक्षा लिइएको हो। प्राविधिक धारतर्फ ४८ सिटका लागि ६३ जनाले प्रवेश परीक्षा लिएको विद्यालयका शिक्षक अशोक बमले जानकारी दिए।

उनका अनुसार जिल्ला र जिल्ला बाहिरका विद्यार्थी पनि प्रवेश परीक्षामा सहभागी छन्। गत वर्ष एक हजार ५ सय ५४ जना विद्यार्थी भर्ना भएका थिए।

सामुदायिक विद्यालय भएपनि महेन्द्र माविमा कक्षा १ देखि ५ सम्म अंग्रेजी माध्यममा र कक्षा ६ देखि १० सम्म नेपाली र अंग्रेजी दुवै माध्यममा पठन पाठन भइरहेको छ।

शैक्षिक सत्र २०७० देखि कक्षा ९–१० सम्म प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङको पठनपाठन सञ्चालन गरी २०७२ सालदेखि प्राविधिक धारतर्फ कक्षा ११–१२ को समेत पठनपाठन विद्यालयमा हुँदै आएको छ।

टाढाका विद्यार्थीका लागि २ वटा स्कुल बसको व्यवस्था गरेसँगै महेन्द्र माविमा विद्यार्थीको आकर्षण थप बढेको हो। विद्यालयको स्थापना २०१४ सालमा भएको थियो।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.