CAMBRIDGE PUBLIC SCHOOL

जनताको सेवा संगै नगर विकासमा अग्रसर हुने : अवस्थी

डडेल्धुरा

नेकपा एमाले प्रदेश कमिटी सदस्य यज्ञराज अवस्थि एमाले पार्टीको तर्फबाट अमरगढी नगरपालिका डडेल्धुराको उपप्रमुख पदको उमेदवार हुनुहुन्छ । वि.स. २०४७ साल देखी निरन्तर राजनितिक यात्रामा हामिनु भएका अवस्थि आसन्न निर्वाचनमा उपप्रम्ुखमा निर्वाचित भएर अमगढीबासीको सेवागर्ने र नगर विकासका लागी अग्रसर हुने अवस्थिको धोको छ ।
पाटीृको नगर जिल्ला हुदै प्रदेश कमिटीको जिम्मेवार बहन गरि सक्नु भएका अवस्थि आफु जनताको जनप्रिय नेताका रुपमा परिचित रहेको बताउनुहुन्छ । अवस्थि भन्नुहुन्छ, पार्टीको नेता भएर वा स्थानियको हैसियतले पनि गाउँ समुदायको विकास र सामाजिक रुपान्तरणका लागी सधैव सकारात्मक रुपमा काम गर्दै आएको छु ।

२०६२, ०६३ को जनक्रान्तिमा जेल जीवन वेतित गरेका अवस्थि यस पटक जनप्रनितिधिमा जनताले न्याय दिने बताउनुहन्छ, अमरगढी नगरपालिका – ५ का पम्फा रोका । सालिन र सरल व्यक्ति भएका कारण मतदातामाझ पनि लोकप्रिय नेताका रुपमा अवस्थि परिचित रहेको नेकपा एमालेका नेताहरु बताउनुहुन्छ ।
अमरगढी नगरपालिकाको फोहर व्यवस्थापन, बजार व्यवस्थापन तथा सडक विस्तार संगै बजारीकरणको क्षेत्रमा आफु क्रियासिल भएर काम गर्ने उपप्रमुख पदका उमेदवार अवस्थि बताउनुहुन्छ । नेपाली काग्रेस विपि संगको तालमेलमा चुनाव लडिरहेको बताउदै अवस्थि भन्नुहुन्छ, हाम्रो टिम अरुभन्दा पृर्थक रहेको छ । नगर विकासका लागी हामी कटिवद्ध भएर लाग्ने संकल्प लिएका छौ ।

२०७४ को चुनावमा नगर प्रमुख, उपप्रमुख सहित बहुमत वडामा नेतृत्व पाएको एमाले यस पटक भने उपप्रमुख सहितको समझदारीमा नेपाली काग्रेस विपि संग तालमेल गर्दै चुनावमा होमिएको छ ।

Leave A Reply

Your email address will not be published.