बोहरा मेडिको सेन्टर

डडेल्धुरामा कार दुर्घटना : एकको मृत्यु, एक गम्भीर

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरामा कार दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको अमरगढी नगरपालिका- ७ का केशव भट्टराई रहेका छन्।

GBL NEW

मंगलबार जिल्लाको नवदुर्गा गाउँपालिकाबाट फर्किरहेको से१ज २०६७ नम्बरको अल्टो कार अमरगढी नगरपालिका–७ बिनाउलोमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपक कार्कीले जानकारी दिए।

CNA

डीएसपी कार्कीका अनुसार सोही ठाउँका चेतराज भट्टराई (रोचन) घाइते भएका छन्। उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

रोचनको अवस्था पनि गम्भीर रहेको  डडेल्धुरा अस्पतालले जनाएको छ। दुर्घटनाको कारण भने खुल्न सकेको छैन्।

Ddl dental
Leave A Reply

Your email address will not be published.