कञ्चनपुरमा सशस्त्र प्रहरीको साताव्यापी पैदल गस्ती सुरु

dream cafe
learnar

कञ्चनपुर  : सीमा क्षेत्रको समग्र अवस्थाबारे स्थलगत अनुगमन तथा सीमावासी नागरिक र जनप्रतिनिधिसित छलफलका लागि सशस्त्र प्रहरी बलले कञ्चनपुरमा साताव्यापी चौबीसै घण्टा पैदल गस्ती सुरु गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल ३५ नं गण शैलेश्वरीको आयोजनामा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जनाको टोलीले कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारबाट सो पैदल गस्ती सुरु गरेको हो।

Ird
HARDIK AGRo NEw

सशस्त्र प्रहरी बल नेपाल ३५ नं गण शैलेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक खगेन्द्रबहादुर चन्दले सीमा क्षेत्रमा सीमास्तम्भ, दशगजाको रेखदेखका साथै सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण, मानव बेचबिखन तथा लागुपदार्थ आयात नियन्त्रणलगायतका विषयलाई लक्षित गरी साताव्यापी पैदल गस्ती कार्यक्रम सुरु गरिएको जानकारी दिए।

“सो क्रममा सीमाका नागरिकसित सीमा क्षेत्रको समग्र अवस्थाका विषयमा छलफलका साथै जनप्रतिनिधिसित टोलीले संवाद र छलफल गर्नेछ”, गणपति सशस्त्र प्रहरी उपरीक्षक चन्दले भने, “आगामी दिनमा सुदूरपश्चिममा नियमितरुपमा उक्त गस्ती भइरहनेछ।”

उनले कञ्चनपुरको सीमा क्षेत्रको गस्ती सकिनासाथ कैलालीमा पनि सुरु हुने जानकारी दिए। “कैलाली सकिएपछि फेरि कञ्चनपुरमा सुरु हुन्छ”, चन्दले भने, “अब यो क्रम निरन्तर चलिरहँदा सीमा संरक्षणका साथै सीमा क्षेत्रको अवैध गतिविधिदेखि आपराधिक क्रियाकलाप नियन्त्रण हुन्छ।”

उनले सशस्त्र प्रहरी बल केन्द्रको योजनाअनुसार आइतबारदेखि यहाँ गस्ती सुरु भइसकेको जानकारी दिए। डोकेबजारस्थित नेपाल–भारत सीमास्तम्भ नम्बर ७५२/७ बाट सुरु भएको गस्तीको नेतृत्व सशस्त्र प्रहरी निरीक्षक खगेन्द्र चन्दले गरे।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.