CAMBRIDGE PUBLIC SCHOOL

परशुराम नगरपालिकामा त्रिपक्षीय प्रतिस्पर्धा

सुखी जनता समृद्ध परशुराम बनाउछु : माल

डडेल्धुरा: डडेल्धुराको परशुराम नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट नगरप्रमुख पदमा नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेको त्रिपक्षीय प्रतिस्पर्धा रहेको छ । गत चुनावमा झिनो मतले पराजित हुनुभएको नेकपा माओवादी केन्द्रका शेर सिंह माल डायमण्ड चुनावि मैदानमा हुनुहुन्छ । उहाँसंग नेपाली काग्रेसका भरत जोशी र नेकपा एमालेका केशब बोहराको प्रतिस्पर्धा रहेको छ ।

मुख्य तीन दलको प्रतिस्पर्धामा कस्ले बाजी मार्ला भन्ने विषयमा विभिन्न आकलन बाहिरीएका छन् । नेकपा माओवादी केन्द्र परशुराम नगरपालिका अध्यक्ष माल र नेपाली काग्रेस नगर सभापति भरत जोशी बिचको प्रतिसपर्धा रहेको स्थानिय राजनितिक व्यक्तिहरुहरुको आकलन छ ।

चुनावी चहलपहलका आधारमा नेकपा एमालेका नगरप्रमुखका उमेदवार बोहरा भने आफ्नो मुख्य प्रतिस्पर्धा नेकपा माओवादी केन्द्र संग रहेको बताउनुहुन्छ । विगतमा नगरप्रमुख उपप्रमुख जीत हात पारेको काग्रेस तत्कालिन अवस्थामा कमजोर रहेको बोहरा बताउनुहुन्छ । बोहरा भन्नुहुन्छ, एमालेले चुनाव जित्छ, काग्रेसले ५ वर्षमा आसेपासे र गुटको राजनिति गरेकाले कांग्रेस जनतासामु कमजोर रहेको छ । काग्रेस भित्रको अन्तरद्धन्दले गर्दा पनि यसको सकारात्मक सहयोग एमालेलाई हुने बोहराले बताउनुभयो ।

नेकपा माओवादीका माल भन्नुहुन्छ, म जनताको सेवक हु, हिजो पनि ११ वटा वडाहरुमा जनताले मलाई मेयर पदमा रुचाएका थिए, यो पटक अझ बढी माया र सद्भावले विजयी हुन्छु । मालले भन्नुभयो, गत चुनावमा म झिनो मतले पराजित भएपनि म सधै जनता समक्ष नै रहेकाले यस पटक मतदाताहरु खुसीका साथ माओवादीको चुनाव चिन्हमा मतदान गर्नुहुन्छ । उहाँले भन्नुभयो, चुनाव जितेमा जनताको सेवक बनेर ५ वर्षमा सुखी जनता समृद्ध परशुराम बनाउछु । माओवादी पार्टी भित्र कुनै समस्या नरहेको बताउदै मालले भन्नुहुन्छ, जनताले काग्रेसको ५ वर्षे कार्यकालको समिक्षा गरेकाले परशुराममा शासक होईन सेवकको खाचो छ, यस पटक जनताले मलाई अनुमोदन गर्नुहुन्छ ।

उता नेपाली कांग्रेसबाट नगरप्रमुख पदका उमेदवार भरत जोशी नगरपालिकामा आफु विजयी हुने दावि गर्नुहुन्छ । मेयर पदमा विजयी भएमा समृद्ध परशुराम बनाउने उद्धेश्य रहेको बताउदै जोशीले भन्नुभयो, शिक्षा, स्वास्थ्य र कृर्षि मेरो पहिलो प्राथमिकता रहेको छ । युवाहरुको साथ राम्रो रहेकाले जोशीको पक्षमा माहोल बढ्दै गएको काग्रेस नेताहरु बताउनुहुन्छ ।

Leave A Reply

Your email address will not be published.