बोहरा मेडिको सेन्टर

स्वर्गीय मन्त्री खडायतको जन्म जयन्तीको उपलक्ष्यमा विद्यार्थीलाई पोशाक वितरण 

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिका-३ डाँडाकोट स्थित जनसेवा प्राथमिक विद्यालयका विद्यार्थीलाई पोशाक वितरण गरिएको छ।

आज (आइतबार) स्वर्गीय पूर्व मन्त्री लालबहादुर खडायतको जन्म जयन्तीको उपलक्ष्यमा विद्यालयमा अध्ययनरत २४ जना विद्यार्थीलाई पोशाक वितरण गरिएको हो।

CNA

२४ जना विद्यार्थीलाई पाइन्ट, सर्ट, जुत्ता, सुइटर र झोला वितरण गरिएको खडायतकी श्रीमती गुनकेश्वरीदेवी खडायतले जानकारी दिइन्।

GBL NEW

खडायत परिवारले डडेल्धुरामा रहेका गरिब, जेहेन्दार र सहाराविहीन परिवारका विद्यार्थीलाई विगतमा पनि विद्यालय पोशाक वितरण गर्दै आइरहेका छन्।

डडेल्धुराको अमरगढी नगरपालिका–२ सोल्परी घर भएका खडायतको जन्म विस १९९८ चैत १८ गते भएको थियो भने ०८० माघ १९ गते निधन भएको थियो।

खडायत राष्ट्रिय पञ्चायत कालमा डडेल्धुराबाट पटकपटक संसद सदस्यमा प्रतिनिधित्व गर्दै आएका थिए।

उनी २०२५ भूमि सुधार मन्त्री, २०३० मा कानुन तथा न्यायमन्त्री, २०३० खाद्य कृषि तथा भूमि सुधार मन्त्री र २०३८ मा सूर्यबहादुर थापा प्रधानमन्त्री हुँदा जलस्रोत मन्त्री बनेका थिए।

Ddl dental
Leave A Reply

Your email address will not be published.