बोहरा मेडिको सेन्टर

जन्मदिनको उपलक्ष्यमा नेविसंघ डडेल्धुराका अध्यक्षले गरे शैक्षिक सामग्री हस्तान्तरण

dream cafe
learnar

डडेल्धुरा : नेपाल विद्यार्थी संघ डडेल्धुराका अध्यक्ष पवन ऐरले शैक्षिक सामग्री हस्तान्तरण गरेका छन्।

आज (आइतबार) ऐरले जन्मदिनको उपलक्ष्यमा निलकण्ठ आधारभूत विद्यालय अमरगढी नगरपालिका-३ लरडा, कोटेउडालाई शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन्।

CNA
GBL NEW

उनले कापीकलम, सेल्पेन लगाएतका सामग्री विद्यालयका प्रधानाध्यापक दिपक भण्डारीलाई हस्तान्तरण गरेका हुन्।

जन्मदिनको उपलक्ष्यमा अनाथ, गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग पुगोस् भनेर शैक्षिक सामग्री वितरण गरिएको ऐेरले जानकारी दिए।

विद्यालयलाई शैक्षिक सामग्री दिएकोमा प्रअ भण्डारीले धन्यवाद व्यक्त गरे।

Ddl dental
Leave A Reply

Your email address will not be published.