डडेल्धुराको चालिसे मोडबाट लागूऔषधसहित कमल प्रहरीको फन्दामा

dream cafe
learnar

डडेल्धुराः डडेल्धुराको अमरगढी नगरपालिका २ चालिसे मोड बाट एक जना लागूऔषधसहित पक्राउ परेका छन्।

पक्राउ पर्नेमा अमरगढी नगरपालिका ४ का ४३ वर्षीय कमल गुरुङ रहेका छन्।

Amargadhi Education
अजयमेरु फाैजी केरा

उनलाई ०.४९५ किलोग्रामलागूऔषध (चरेश) सहित शुक्रवार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुरा जनाएको छ।

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी बागबजारबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनले प्रयोग गरेको से ७ प ३६१५ नम्बरको मोटरसाईकमा चरेश भेटिएको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.