शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमयुर गणना सुरु

dream cafe
learnar

कञ्चनपुर: शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सङ्कटापन्न खरमयुर गणना सुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अगुवाइमा निकुञ्जसँगको सहकार्यमा नेपाल पन्छी संरक्षण सङ्घले विश्वमा दुर्लभ मानिएको खरमयुर गणना थालेको हो ।

निकुञ्ज, नेपाल पन्छी संरक्षण सङ्घ, नेपाली सेना, शुक्लाफाँटा गाइडएशोसिएन, चरा विज्ञलगायत गरी २० जनाको टोली गणनका लागि खटिएको छ । निकुञ्जभित्रका शुक्लाफाँट, करैया फाँटा, राधापुर फाँटा, मोहनपुर फाँटालगायत क्षेत्रमा स्वीप विधिको प्रयोग गरी खरमयुर गणना सुरु गरिएको निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले बताए ।

Amargadhi Education

‘निकुञ्जसँगै जोडिएको किसान मध्यवर्ती सामुदायिक वनभित्र पनि गणनको हुन्छ’, उनले भने, ‘खरमयुर गणनाका लागि छनोट गरिएका घाँसे मैदानलाई छ वटा ‘ब्लक’मा विभाजन गरी आजदेखि १० दिनसम्म गणना गरिनेछ ।’

विगतमा खरमयुर पाइएका क्षेत्रलाई आधार मानेर गणनाका लागि स्थान छनोट गरिएक जानकारी दिँदै उनले ‘स्वीप’ विधिअन्तर्गत मानव साङ्लो बनाएर गणना गरिने बताए ।

‘जेडएसएल नामक संस्थाको सहयोगमा ‘क्यामेरा ट्र्यापिङ’का माध्यमबाट पनि १५ दिनसम्म गणना गरिने छ’, संरक्षण अधिकृत ऐरले भने, ‘यसका लागि निश्चित दूरीमा स्वचालित क्यामेरा जडान हुनेछ ।’

मयुर गणना हुने स्थानमा ‘टावर प्वाइन्ट’ राखेर ‘क्यामेरा, टेलिस्कोप, वाइनाकुलर’को सहायताले खरमयुरको सङ्ख्या यकिन गरिने नेपाल पन्छी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डगौराले बताए ।

अजयमेरु फाैजी केरा

उनका अनुसार मार्च महिनाको अन्तिम हप्तादेखि अप्रिल महिनाको पहिलो हप्तासम्म प्रत्येक वर्ष सङ्घले निकुञ्जसँग सहकार्य गरी खरमजुर गणनाको गर्दै आएको छ। घाँसेमैदानमा घाँस छोटो हुने भएकाले यसबेला खरमजुर देखापर्ने गर्दछन् ।

खरमयुरको प्रजनन समय भएकाले तिनलाई देखिने चराविज्ञ डगौराले बताए । ‘खरमजुरको प्रजनन समय साँझ– बिहान भएकाले गणनाका लागि बिहान ६ बजेदेखि १० बजेर ३० मिनेट र साँझ ३ बजेदेखि ६ बजेर ३० मिनेटको समय निर्धारण गरेका छौँ’, उनले भने ।

‘नेपाल–भारत, भियतनाम र कम्बोडियामा गरी दुई सय ५० देखि नौ सयसम्म खरमजुर पाइने गर्दछ’, उनले भने, ‘यो अतिसङ्कटापन्न प्रजातिका रूपमा रहेको छ, संरक्षणका लागि भरपर्दो कार्य नगरिए आगामी केही दशकमा यी लोप हुने अवस्था छ ।’

खरमजुरको बासस्थान भनेकै घाँसेमैदान हो । अतिक्रमणको चपेटमा परेर मासिँदै जानु, प्रतिवर्ष हुने आगलागीले खरमजुरको बासस्थान मासिँदै जानु चिन्ताको विषय भएको उल्लेख गर्दै उनले गणनाका क्रममा बासस्थानको अवस्था, आहाराको अवस्थालगायतबारे अध्ययनको गरिने बताए ।

खरमजुर शुक्लाफाँटा, चितवन, बर्दिया राष्ट्रिय निकुञ्जसँगै कोसीटप्पु वन्यजन्तु आरक्षमा पाइन्छन् । नेपालका यी संरक्षित क्षेत्रमा ६० देखि एक सयको सङख्यामा खरमयुर रहेका अनुमान छ । संरक्षण अधिकृत ऐरका अनुसार गत वर्षको गणनामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाँच वटामात्रै खरमजुर फेला परेका थिए । त्यसको अघिल्लो वर्ष सात वटा फेला परेका थिए ।

सबैभन्दा बढी कोसीटप्पु वन्यजन्तु आरक्षमा २२ वटा खरमजुर फेला परेका थिए । ‘वर्षाका बेला घाँसेमैदानमा पानी भरिने भएकाले निकुञ्ज नजिकैका उकासका क्षेत्रमा खरमयुर बस्ने गर्छन्’, ऐरले भने, ‘वर्षा याम सकिएपछि पुनःघाँसेमैदानमै फर्कने गर्छन् ।’

खरमयुर सिरु जातको खरले ढाकिएका मैदानमा बस्ने, त्यही गुँड लगाएर चल्ला हुर्काउने गर्छन् । खरमा बस्ने भएकाले यो प्रजातिका मयुरलाई खरमयुर भनिएको उहाँले बताउनुभयो । खरमजुरसँगै निकुञ्जमा चार सय ५४ प्रजातिका चरा पाइन्छन् । खरमयुरलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले संरक्षित पन्छीका रुपमा सूचीकृत गरेको छ ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.