नवदुर्गाकी उपाध्यक्ष बोगटी दम्पत्तीमाथि अवैध काठ काटेको आरोप

भन्छिन्–राजनीतिक प्रतिशोधले ममाथि प्रहार भयो

dream cafe
learnar

डडेल्धुरा : डिभिजन वन कार्यालय डडेल्धुरामा नवदुर्गा गाउँपालिकाकी उपाध्यक्ष निर्मला बोगटी र उनका श्रीमान् समेत रहेका अमरगढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेशबहादुर बिष्ट र परिवारकै सदस्य दिनेश बिष्टको नाममा उजुरी परेको छ।

उपाध्यक्ष बोगटी परिवारले नवदुर्गा गाउँपालिका– ४ गिल्लामा अवैध काठ काटेको उजुरी परेको हो।

GBL NEW

उपाध्यक्ष बोगटीले अवैध काट काटेको भन्दै उजुरी परेको डिभिजिन वन कार्यालयका सूचना अधिकारी रणेन्द्र सिंहले बताए।

उनका अनुसार, डिभिजन वन कार्यालय डडेल्धुराले ४गोलीया चिरान काठ १ सय ४४ थान सल्लाको, गोलीया १ थान , चिरान १ सय ५५ थान सालको काठ बरामद समेत गरेको छ।

सामुदायिक वन वा निजी वनमा रहेको काठ काट्न वन कार्यालयले टाँचा लगाएर अनुमती दिनु पर्ने व्यवस्था भएपनि विना प्रक्रिया रूख कटान गरेको बिष्ट परिवारमाथि आरोप छ।

गाउँपालिका उपाध्यक्ष परिवारले सरकारी डोजर प्रयोग गरि नयाँ सडक काटेर काठ निकासा गर्ने लागेको उजुरी वनमा परेको हो।

तर, वन निजी वा सामुदायिक के हो ? भनेर एकिन हुन नसकेको डिभीजन वन कार्यालयले जनाएको छ। उजुरी चैत ११ गते परेको भएपनि काठ भने केही समय अगाडि नै काटिएको बुझिएको छ।

डिभिजन वन कार्यालय डडेल्धुराले गन्यापधुरा सव डिभिजन प्रमुख महेश घर्तीमगरलाई छानवीन तथा अनुसन्धानका लागि खटाएको जनाएको छ।

उपाध्यक्ष बोगटीले भने आफ्नो निजी जग्गाको काठ काटेको दाबी गरेकी छन्। उनले भूकम्पले भत्केको घर निमार्णका लागि निजी जमिनमा रहेको काठ काटेको बताइन्।

‘मैले निजी जमिनमा काठ काटेको हुँ। तर, म लगाएत मेरो श्रीमान् र देवरको नाममा उजुरी परेको छ,’ उनले भनिन्, ‘सामुदायिक वनबाट पुर्जी काटेर नै हामीहरूले काठ काटेका हौं। अनि मेरो आफ्नै प्रति जग्गा हो। घर छ, जग्गा छ। राजनीतिक प्रतिशोधले ममाथि प्रहार गरेर हालेका हुन्।’

Ddl dental
Leave A Reply

Your email address will not be published.