बोहरा मेडिको सेन्टर

तस्बिरमा यस्तो देखियो डडेल्धुरास्थित सशस्त्र प्रहरी नेपाल नम्बर ५२ को स्थापना दिवस

dream cafe
learnar

डडेल्धुरा :  डडेल्धुरा जिल्लास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ५२  गुल्म हेड क्वाटर डडेल्धुराले १७औँ स्थापना दिवस  मनाएको छ।

CNA

सशस्त्र प्रहरी बल नेपाल नम्बर ५२ गुल्म हेड क्वाटर डडेल्धुराले  आज (बुधबार) एक कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सशस्त्र प्रहरीको अत्तरिया स्थित नं ७ वैद्यनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी)कुमार न्यौपानेले कठिन परिस्थितिमा पनि सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक बहन गर्न सफल भएको बताए।

उनले स्थापना दिवसमा राष्ट्र, नागरिकप्रति थप जिम्मेवार बनेको बताउँदै आजसम्मको यात्रामा त्याग र बलिदानको पनि स्मरण भएको जनाए।

सशस्त्र प्रहरीले विभिन्न आरोह अवरोह छिचोल्दै काम गरिएको उनको जिकिर छ।

जिल्लामा विपद्, सीमा सुरक्षा, शान्ति सुरक्षामा सशस्त्र प्रहरीले महत्त्वपूर्ण भूमिका खेलिरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५२  गुल्म हेड क्वाटर डडेल्धुराका प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्रबहादुर पालले जानकारी दिए।

स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५२  गुल्म हेड क्वाटर डडेल्धुराले सङ्गठनभित्र उत्कृष्ट कार्य गर्नेहरूलाई प्रमाण पत्र सहित सम्मान गरेको थियो।

GBL NEW

 

Ddl dental
Leave A Reply

Your email address will not be published.