अमरगढीमा नि:शुल्क मुटु परिक्षण शिविर सञ्चालन हुने

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिकामा नि:शुल्क मुटु परिक्षण शिविर सञ्चालन हुने भएको छ।

यहीँ चैत २४ गते सहिद गंगालाल ह्दय केन्द्रका बरिस्ठ मुटु रोग विशेषज्ञ डाक्टरको प्राविधिक सहयोगमा अमरगढी नगरपालिकाको आयोजना तथा नेपाल विद्यार्थी संघ डडेल्धुराको व्यवस्थापनमा नि:शुल्क मुटु परिक्षण शिविर सञ्चालन हुने भएको हो।

GBL NEW

शिविर सञ्चालन महेन्द्र मावि खलंगामा हुने अमरगढी नगरपालिकाका मेयर डिल्लीराज जोशीले जानकारी दिए।

उनका अनुसार, शिविरलाई डडेल्धुरा अस्पताल, महेन्द्र मावि र नेपाल विद्यार्थी संघ डडेल्धुराले सहयोग गरेको छ।

उनले मुटु रोगीलाई शिविरमा सहभागी भएर सेवाको माैका लिन अनुरोध गरे।

नेविसंघका अध्यक्ष पवन ऐरले चैत २४ गते विहान ८ बजेदेखि शिविर सुरु हुने जानकारी दिए।

Ddl dental
Leave A Reply

Your email address will not be published.