अजयमेरु कोटको संरक्षण र पूर्वाधार विकास गर्न समन्वय बैठक [तस्बिरसहित]

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुराको ऐतिहासिक अजयमेरु कोटको संरक्षण तथा पर्यटकीय पूर्वाधार विकासका लागि अन्तरपालिका समन्वय बैठक सम्पन्न भएको छ।

आज(बिहीबार) अजयमेरु गाउँपालिका- २ मा रहेको कोटमा अन्तरपालिका तथा सरोकारवालासँग समन्वय बैठक भएको हो।

Bohora madico

समन्वय बैठकमा अजयमेरु कोटको संरक्षण र पूर्वाधार विकासका बारेमा छलफल भएको छ।

बैठकमा अजयमेरु, भागेश्वर र अमरगढीका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख र सञ्चारकर्मीको सहभागिता रहेको थियो।

यसैबीच, श्रमको सम्मान, राष्ट्रको अभियान कार्यक्रमअन्तर्गत कोटमा सरसफाई पनि गरिएको छ।

HARDIK AGRo NEw

अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले अजयमेरु कोटप्रति सबैलाई अपनत्व महसुस गराउनका लागि समन्वय बैठक र श्रमको सम्मान कार्यक्रम राखिएको बताए।

उनले अजयमेरु कोट अजयमेरु गाउँपालिकाको मात्रै नभएर डडेल्धुराका सात पालिका, सुदूरपश्चिम प्रदेश र सिंगो राष्ट्रको पनि भएको बताए।

भागेश्वर गाउँपालिकाका अध्यक्ष हेमराज चटौतले तत्कालिन डोटी राज्यको राजधानीका रुपमा रहेको अजयमेरु क्षेत्रको धेरै ठुलो महत्व रहेको बताए।

अजयमेरु कोटमा गाउँपालिका र सुदूरपश्चिम प्रदेश सरकारले बजेट विनियोजन गरेर काम भइरहेको छ भने नेपाली सेनाले पनि विभिन्न संरचना बनाइरहेको छ।

आठौँं शताब्दीका राजा नागी मल्लले गर्मीको समयमा बसेर डोटी राज्य सञ्चालन गर्ने अजयमेरु कोट बनाएको विश्वास गरिन्छ।

१५ सय वर्ष पुरानो अजयमेरु कोटको नेपाली भाषाको उद्गमथलो पनि मानिन्छ।

आठौँं शताब्दीका राजा नागी मल्लले गर्मीको समयमा बसेर डोटी राज्य सञ्चालन गर्ने अजयमेरु कोट बनाएको विश्वास गरिन्छ।

दरबार भित्रैबाट ४ किलोमिटर सुरुङ मार्ग हुदै गणीका नदी निस्कने गुफा छ।

तेह्रौं शताब्दीका अद्भुत कलाकृति, ठूलाठूला ढुंगा काटेर बनाइएका दरबारका अवशेष अजयमेरु कोटका विशेषता हुन्।

चार दशक भन्दा बढी अजयमेरुबाट शासन गरेका डोटेली राजाहरुले सो क्षेत्रमा निर्माण गरेका देवलहरु, स्नान घर र पानी पधेँरो ढुंगेकलाले पर्यटकहरुको ध्यान आर्कषित गर्ने गर्छ।

नेपाल एकिकरणको अभियानसंगै बिस १८४७ भाद्र ३१ गते सेती नदी किनारमा गौर्खाली सेनासंग डोटेली सैन्य पराजित भएपछि डोटी राज्य बृहत नेपाल भित्र समाहित भएको थियो।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.