डडेल्धुरामा डढेलो व्यवस्थापन सम्बन्धि जनचेतनामूलक ‘डेमो’ प्रदर्शन

dream cafe
learnar

डडेल्धुरा: डडेल्धुरामा वनमा लाग्ने डढेलो नियन्त्रण सम्बन्धी जनचेतना मुलक डेमो प्रदर्शन गरिएको छ।

आज (बुधबार) ऋषिखोला सामुदायिक वनमा डेमो प्रदर्शन गरिएको हो।

GBL NEW

डिभिजन वन कार्यालय डडेल्धुरा र सशस्त्र प्रहरी बल ५२ नम्बर गण डडेल्धुराले संयुक्त रूपमा डेमो प्रदर्शन गरेको डिभिजन वन कार्यालय डडेल्धुराका सूचना अधिकारी रणेन्द्र सिंहले जानकारी दिए।

गर्मीयाम बढेसँगै हुने सम्भावित आगलागीका घटनाहरूको जोखिमबाट जोगिनका लागि जनचेतनामूलक डेमो प्रदर्शन गरिएको हो।

देशव्यापी रूपमा सरकारले हरेक वर्ष चैत १ गतेदेखि ७ गतेसम्म डढेलो व्यवस्थापन सम्बन्धि जनचेतनामूलक सप्ताह कार्यक्रम मनाउँदै आएको छ।

तर, डडेल्धुरामा भने काम विशेषले आजदेखि अभियान सुरु गरिएको डिभिजन वन कार्यालय डडेल्धुराका डिभिजनल वन अधिकृत शम्भुप्रसाद तिवारीले बताए।

 

डेमो प्रदर्शनी कार्यक्रममा डडेल्धुराका प्रमुख जिल्ला अधिकारी अञ्जन न्याैपानेले वनमा डढेलो लगाएका थिए।

त्यसपछि त्यो डढेलोलाई जिल्लास्थित नेपाली सेना, जनपथ प्रहरी, सशस्त्र प्रहरी, वन उपभोक्तासँग मिलेर नियन्त्रणका लागि संयुक्त अभ्यास तथा जनचेतना अभिवृद्धि कार्यक्रम गरिएको थियो।

 

अभियानअन्तर्गत जिल्लाभरिका सामुदायिक वनका उपभोक्ता, सर्वसाधारण नागरिकलाई डढेलो लाग्नबाट जोगाउने सम्बन्धी जनचेतना दिइने डिभिजनल प्रमुख तिवारीले जानकारी दिए।

डढेलो लागेको खण्डमा त्यसलाई नियन्त्रण गर्न आवश्यक तालिम, सुरक्षाका उपाय, उपकरण वितरण, सूचना र सहयोग आदानप्रदान कसरी गर्ने भन्नेबारे जानकारी दिइनेछ।

डडेल्धुरा जिल्लामा अधिकांश सल्लाका रुख भएका सामुदाायिक वन भएकाले पनि द्रुतगतिमा डढेलो लाग्ने सम्भावना छ।

Ddl dental
Leave A Reply

Your email address will not be published.