डडेल्धुरा पुगेर ओलीले सागर र पवीलाई सम्झिएपछि…

भने : देउवाको गाउँपालिकामा अस्पताल बनाउँछु

dream cafe
learnar

डडेल्धुरा : पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवा डडेल्धुरामा पैसा बाँडेर चुनाव जित्ने गरेको आरोप लगाएका छन्।

आज (सोमबार) परशुराम नगरपालिकाको रंगमैदानमा एमाले डडेल्धुराको ९औं अधिवेशन उद्घाटन गर्न पुगेका ओलीले देउवाले खुलेआम पैसा बाँड्ने गरेको आरोप लगाएका हुन्।

Amargadhi Education

‘नेकपा एमाले यहाँ दुई कारणले हार्छ। एउटा शेरबहादुर जीले जित्ने तरिका उहाँ खुलेआम पैसा बाँड्नुहुन्छ। टेलीभिजनले खुलेआम देखाएको हुन्छ,’ उनले भने, ‘सक्ताको दुरुपयोग गरेको हुन्छ। त्योभन्दा बढी के भनम्।’

त्यसैमा थप्दै उनले भने, ‘सागर भन्ने एउटा बावु आएका थिए। तिनलाई समर्थन गर्न देखेको थिए, मिस पवी भन्ने। मिस पवीले जोड गरेकै हुन्। विचारा एउटी मिस पवी के गरून्।’

अजयमेरु फाैजी केरा

उनले डडेल्धुरामा एमालेको उम्मेदवार नउठेपछि जित्ने कुरा नभएको बताए। उनले अब नेकपा एमाले डडेल्धुराले कसैलाई सघाउन जानेभन्दा पनि एक्लै लड्ने जित्ने कार्य गर्ने जिकिर गरे।

‘रोष्टमबाट मैले मेरा मित्र शेरबहादुर जीलाई सोधे, ‘शेरबहादुर जी पाँच पटक प्रधानमन्त्री हुँदा देशका लागि गरेको एउटा राम्रो काम बताउनुस् त ?’ तर, उहाँले जवाफ फर्काउन सक्नु भएन्,’ उनले भने, ‘काँग्रेसका नेता सत्ताजीवि, चिरञ्जीवी र बुढेसकालसम्म नेतृत्व पाइरहुन।’

उनले आफू प्रधानमन्त्री हुँदा दशमा धेरै राम्रो काम भएको दाबी गरे। पुरानो गठबन्धनले देशको आर्थिक अवस्था कमजोर भएको उनको जिकिर छ।

प्रधानमन्त्री हुँदा देशभर तीन सय ९६ अस्पतालको शिलन्यास गरेको स्मरण गर्दै उनले परशुराममा अस्पताल भएको कारण नपरेको र आलितालमा परेको बताए।

‘शेरबहादुर जी मेरो पुरानो मित्र। पुरानो मित्रको गाउँपालिकामा पनि एउटा अस्पताल बनाउ भनेर राखेको थिए। केपी ओलीले हालेको कार्यक्रम भनेर हटाइदिनु भयो,’ उनले भने, ‘त्यहाँको अस्पतालमा म सिटामोल ल्याउन जाने होइन नी त्यहाँका जनताले उपचार पाउँथे। अब गन्यापधुरामा एउटा अस्पताल बनाउँछु। यो कुरा शेरबहादुर जीले सुन्नुहुन्छ।’

उने किसान सहिद भीमदत्त पन्तको हत्या काँग्रेसले गरेको दाबी समेत गरे।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.