डडेल्धुरा महोत्सवमा आयोजित भलिबलको उपाधि भीमदत्त बहुमुखी क्याम्पसलाई

dream cafe
learnar

डडेल्धुरा : डडेल्धुरा महोत्सवमा आयोजित भलिबल प्रतियोगिताको उपाधि भीमदत्त बहुमुखी क्याम्पसले हात पारेको छ।

आज (शनिबार) भएको फाइनल खेलमा एमबी एजुकेशलनलाई ३–१ को सेटले पराजित गर्दै भीमदत्त बहुमुखी क्याम्पसले उपाधि हात पारेको हो।

Ird

एमबी एजुकेशलनले पहिलो सेट जितेको थियोे भने त्यसपछिका तीन सेट लगातार भीमदत्त बहुमुखी क्याम्पसले जितेको भलिबल प्रतियोगिताका संयोजक राजेन्द्र ठगुन्नाले जानकारी दिए।

HARDIK AGRo NEw

ठगुन्नाका अनुसार जिल्ला प्रहरी कार्यालय डडेल्धुरा तेस्रो भएको छ। उसले एमबी स्टिल ग्रुपलाई पराजित गरेको हो।

प्रतियोगितामा प्रथम भएको भीमदत्त बहुमुखी क्याम्पसले ५५ हजार, द्वितीय भएको एमबी एजुकेशलनले ३५ हजार र तृतीय भएको जिप्रका डडेल्धुराले २५ हजारसहित ट्रफी पाउने उद्योग बाणिज्य संघ डडेल्धुराका अध्यक्ष द्विजराज भट्टले जानकारी दिए।

उनले बिजेता टिमलाई भोलि (आइतबार) पुरस्कार वितरण गरिने बताए।

उनका अनुसार, प्रथम पुरस्कारको प्रायोजन अमरगढी नगरपालिका वडा नम्बर ५,  द्वितीय पुरस्कारको प्रायोजन डडेल्धुरा उद्योग वाणिज्य संघ डडेल्धुराका कोषाध्यक्ष एवं सिटी कम्प्लेक्सका प्रोप्राइटर दिपकबहादुर सिंह र तृतीय पुरस्कारको प्रायोजन मायामेट्रो हस्पिटल प्रालि धनगढीले गरेको हो।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.